२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दिनमै सनी देवलको ‘गदर २’ले कमायो १७३ करोड



अ+ अ-

एजेन्सी । सनी देवलको फिल्म ‘गदर–२’ ले हरेक दिन नयाँ रेकर्ड तोडिरहेको छ । फिल्मले सोमबार ३९ करोड कमाएको छ । योसँगै यो फिल्म सोमबारको दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

अर्कोतर्फ, अक्षय कुमार स्टारर ओएमजी–२ ले राम्रो प्रदर्शन जारी राखेको छ। फिल्मले रिलिजको चौथो दिनमा १२ करोड कमाएको थियो । योसँगै यो फिल्मको कुल कलेक्सन ५५ करोड पुगेको छ ।

गदर–२ को सन्दर्भमा यो फिल्म स्वतन्त्रता दिवसमा २०० करोड क्लबमा सामेल हुने अपेक्षा गरिएको छ । यो फिल्मले पहिलो दिन ४० करोड, दोस्रो दिन ४३ करोड र तेस्रो दिन ५२ करोड कमाएको थियो । सोमबार ३९ करोड कमाएपछि फिल्मको कुल कलेक्सन अहिले १७३ करोड पुगेको छ । योसँगै सनीको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

अनिल शर्माको निर्देशन रहेको यो फिल्म २००१ को गदरको सिक्वेल हो । फिल्ममा सनी देवलसँगै अमिशा पटेल, उत्कर्ष शर्मा, मनिष वधवा, गौरव चोपरा लगायतको भूमिका रहेको छ ।