१२ श्रावण २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका स्टार स्पिनर हसरंगाले लिए टेस्टबाट सन्न्यास



अ+ अ-

एजेन्सी । श्रीलंकाका स्टार स्पिनर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । २६ वर्षका हसरंगाले सिमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्न्यास लिने निर्णय गरेका श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

लेगस्पिनर तथा अलराउन्डर हसरंगाले श्रीलंकाका लागि चार टेस्ट, ४८ एकदिवसीय र ५८ टी–२० खेल खेलेका छन् ।

श्रीलंकाका प्रमुख बलर समेत रहेका हसरंगाले २०२० मा दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा डेब्यू गरेका थिए भने २०२१ अप्रिलमा बंगलादेशविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । उनले ४ टेस्ट म्याचमा १ सय ९६ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

हसरंगाले ४८ ओडिआई खेलमा ४ अर्धशतकसहित कुल ८ सय ३२ रन बनाएका छन् भने ६७ विकेट लिएका छन् । त्यस्तै, ५८ टि–२०आई खेलमा ५ सय ३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् ।