• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री

सत्ता गठबन्धन अपराधीको संरक्षक: आम जनता पार्टी



काठमाडौं । आम जनता पार्टीले गौर हत्याकाण्डबारे सत्तागठबन्धनले गरेको निर्णयले कानूनको शासन र मानव अधिकारको उपहास गरेको जनाएको छ ।

पार्टीका प्रवक्ता चन्द्र भुषण साहले एक विज्ञप्ति जारी गर्दे गठबन्धनले गरेको निर्णय आपत्तिजनक रहेको जनाउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘गौर हत्याकाण्ड पीडित संघर्ष समिति र नेपाल सरकार बिच भैसकेको पाँच बुँदे सहमतिलाई लिएर कथित सत्तारुढ गठबन्धनको नाममा सञ्चारकर्मीहरु संग राजेन्द्र पाण्डेले गरेको आपत्तिजनक अभिव्यक्ति प्रति गम्भीर ध्यानकर्षण भएको छ । ‘

विज्ञप्तिमा भनिएको छ – काण्डै काण्डको नाईके पाण्डेले फेरी अर्को काण्डको बचाउ गरेका देख्दा लाज पनि लजाएको छ । यो अभिव्यक्ति पाण्डेको मनोगत कुष्ठा मात्र हो की नेपाल सरकारको पनि हो तत्काल धारणा सार्बजनिक हुनु पर्दछ ।

सरकार सहमति बाट पछि हट्न खोजेको आशंका गर्दे पार्टीले गठबन्धन अपराधीको संंरक्षकको रुपमा रहेको भन्दै प्रश्न गरेको छ । पार्टीले यस घटनामा न्याय दिलाउन प्रतिबद्ध नेपाल प्रति आधारहिन आरोप लगाउनु आपराधीक कार्य भएको समेत जनाएको छ ।