२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन अपराधीको संरक्षक: आम जनता पार्टी



अ+ अ-

काठमाडौं । आम जनता पार्टीले गौर हत्याकाण्डबारे सत्तागठबन्धनले गरेको निर्णयले कानूनको शासन र मानव अधिकारको उपहास गरेको जनाएको छ ।

पार्टीका प्रवक्ता चन्द्र भुषण साहले एक विज्ञप्ति जारी गर्दे गठबन्धनले गरेको निर्णय आपत्तिजनक रहेको जनाउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘गौर हत्याकाण्ड पीडित संघर्ष समिति र नेपाल सरकार बिच भैसकेको पाँच बुँदे सहमतिलाई लिएर कथित सत्तारुढ गठबन्धनको नाममा सञ्चारकर्मीहरु संग राजेन्द्र पाण्डेले गरेको आपत्तिजनक अभिव्यक्ति प्रति गम्भीर ध्यानकर्षण भएको छ । ‘

विज्ञप्तिमा भनिएको छ – काण्डै काण्डको नाईके पाण्डेले फेरी अर्को काण्डको बचाउ गरेका देख्दा लाज पनि लजाएको छ । यो अभिव्यक्ति पाण्डेको मनोगत कुष्ठा मात्र हो की नेपाल सरकारको पनि हो तत्काल धारणा सार्बजनिक हुनु पर्दछ ।

सरकार सहमति बाट पछि हट्न खोजेको आशंका गर्दे पार्टीले गठबन्धन अपराधीको संंरक्षकको रुपमा रहेको भन्दै प्रश्न गरेको छ । पार्टीले यस घटनामा न्याय दिलाउन प्रतिबद्ध नेपाल प्रति आधारहिन आरोप लगाउनु आपराधीक कार्य भएको समेत जनाएको छ ।