२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब हेलमेट र सनग्लास लगाएर ऊँटले गर्यो विश्वको लामो जिपलाइनमा स्टन्ट



अ+ अ-

एजेन्सी । आजको समयमा धेरैजसो मानिसहरु साहसिक कार्यको सौखिन हुन्छन् । जसका लागि मानिसहरु ठूला हिमालहरु पनि चढ्ने हिम्मत गर्छन् ।

अहिलेसम्म तपाईले मानिसले मात्र साहसिक कार्य गरेको देख्नुभएको वा सुन्नु भएको होला, तर के तपाईले कुनै जनावरलाई साहसिक कार्य गरेको देख्नुभएको छ ।

यसैबीच एउटा ऊँटले जिपलाइनिङको मजा लिएको छ । अचम्मको कुरा, यो संसारको सबैभन्दा लामो जिपलाइनिङ हो, जसमा ऊँट स्टन्ट गरेको छ ।

यो भाइरल भिडियो युएईको रहेको बताइएको छ, जसमा एउटा विशाल ऊँट तारमा झुण्डिएर विश्वको सबैभन्दा लामो जिपलाइनको मजा लिइरहेको छ । यो जिपलाइन २.८ किलोमिटर लामो छ, जसमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न सकिने बताइएको छ ।

भिडियो हेरेका कतिपयले ऊँटलाई यातना दिएको महसुस गरेको हुनुपर्छ, तर, यो एउटा एनिमेसन हो, यसको मतलब वास्तविकतामा ऊँट छैन ।

यो पुरा भिडियो कम्प्यूटर जेनेरेटेड इमेज (सीजीआई)को सहयोगमा बनाइएको हो, जुन हेर्दा एकदमै वास्तविक देखिन्छ, जसलाई हेरेर अहिलेसम्म धेरै मानिसहरु झुक्किएका छन् । भिडियोमा ऊँटले हेलमेट र सनग्लास लगाएको देखिन्छ ।

भिडियो जुम गरेपछि तपाईले बुझ्नुहुनेछ कि यो वास्तविक होइन, तर ऊँटको कृत्रिम संस्करण हो । ४ दिनअघि सेयर गरिएको यो भिडियोलाई ४ लाख ३३ हजारभन्दा बढीले लाइक गरेका छन् । योसँगै भिडियो हेरेका मानिसहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।