३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौं फर्कियो



अ+ अ-

काठमाडौं । चर्चित नायिका सुरक्षा पन्त र निर्देशक मनोज पण्डीतको मुर्हुत सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामिण क्षेत्रको छयांकन पुरा गरि काठमाडौं फर्किएको छ । 

काभ्रेको कात्तिके देउरालीमा बैशाख ०७ गते देखि २७ गते सम्म चलचित्र छयांकन गरि सम्पूर्ण युनिट काठमाडौं फर्किएको हो । हाल सम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना महामारीको प्रभाव कम भई निषेधाज्ञा हटे पश्चात काठमाण्डौमा गरिने निमार्ण टिमले जानकारी दिएको छ ।

विशुद्ध प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल,तेज गिरी,सम्पदा बानिया, रश्मी भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गिता अधिाकारी, पवन भट्टराई, संजोग रसााईली, गित बिष्ट, राईडर प्रशन्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र निमार्णमा कुनै कन्जुस्याँई नगरि अत्याधुनिक प्रविधिहरु मार्फत चलचित्र खिचिएको छायाँकार सन्जय लामाले बताए ।

चलचित्र चौतारिको ब्यानरमा निमार्ण हुन लागेको यस चलचित्रका निमार्ता राजु फुयाँल हुन भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस चलचित्रले आम दर्शकलाई बेग्लै किसिमको अनुभुती दिलाउनेमा विश्वस्थ रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए ।