२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० प्रतिशत छायांकन सकेर ‘प्रेमगन्ज’ टिम काठमाडौं फर्कियो



अ+ अ-

काठमाडौं । चर्चित नायिका सुरक्षा पन्त र निर्देशक मनोज पण्डीतको मुर्हुत सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामिण क्षेत्रको छयांकन पुरा गरि काठमाडौं फर्किएको छ । 

काभ्रेको कात्तिके देउरालीमा बैशाख ०७ गते देखि २७ गते सम्म चलचित्र छयांकन गरि सम्पूर्ण युनिट काठमाडौं फर्किएको हो । हाल सम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना महामारीको प्रभाव कम भई निषेधाज्ञा हटे पश्चात काठमाण्डौमा गरिने निमार्ण टिमले जानकारी दिएको छ ।

विशुद्ध प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल,तेज गिरी,सम्पदा बानिया, रश्मी भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गिता अधिाकारी, पवन भट्टराई, संजोग रसााईली, गित बिष्ट, राईडर प्रशन्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गाना लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र निमार्णमा कुनै कन्जुस्याँई नगरि अत्याधुनिक प्रविधिहरु मार्फत चलचित्र खिचिएको छायाँकार सन्जय लामाले बताए ।

चलचित्र चौतारिको ब्यानरमा निमार्ण हुन लागेको यस चलचित्रका निमार्ता राजु फुयाँल हुन भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन् । सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस चलचित्रले आम दर्शकलाई बेग्लै किसिमको अनुभुती दिलाउनेमा विश्वस्थ रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए ।