५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाञ्चलमा बाढीपहिरोमा परी २१ जनाको मृत्यु, सयौँ बेपत्ता



अ+ अ-

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा वर्षासँग सम्बन्धित विपद्जन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टा यता हिमाञ्चल प्रदेशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अहिलेसम्म २१ जना भन्दा बढीले ज्यान गुमाएका हुन् । २१ जनाको मृत्यु हुनुका साथै केही नागरिकहरु बेपत्ता भएको हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले बताउनु भयो । उहाँले प्रभावित क्षेत्रको अवस्थाबारे समेत जानकारी लिनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो २४ घण्टामा भारी वर्षाले धेरै मानिसको ज्यान लिएको छ । हालसम्म २१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।’

स्थानीय अधिकारीहरुका अनुसार सिमलाको समर हिल क्षेत्रमा रहेको शिव मन्दिरमा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । साथै सो क्षेत्रमा अन्य केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । त्यस्तै सिमलाको फागलीमा पहिरोमा परी अन्य चार जनाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै सोलान जिल्लामा चट्याङ पर्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ भने मण्डीमा पहिरोले घर पुर्दा दुइ जनाको मृत्यु भएको छ । मण्डीको बम्बोला गाउँमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ भने सोलन जिल्लाको बलेरा गाउँमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेश मनसुन शुरु भएयता बढी प्रभावित बनेको छ ।

खराब मौसमका कारण सोमवार हिमाञ्चल प्रदेशका शैक्षिक संस्थाहरु बन्द गराइएको थियो ।




भर्खरै