• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

प्रधानमन्त्रीको बिथोलिएको ‘मन’



file photo

काठमाडौँ । मान्छे न हो, कहिलेकाहीँ ज्यान एकातिर, मन अर्कैतिर हुन सक्छ। सोमबार साँझ बालुवाटार निवासको माथिल्लो तलामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको मन भने तल्लो तलामा थियो। जहाँ सत्तारुढ सबै दलका शीर्ष नेता र केही कानुन व्यवसायी थिए।

प्रधानमन्त्री दाहालले साँझ ५ बजे सम्पादकहरूसँग छलफल तय गरेका थिए। त्यसअघि जुटेका शीर्ष नेताहरूको बैठक दह्रै लम्बियो। माथिल्लो तलामा ब्याग्र प्रतिक्षित सम्पादकहरूमाझ ६ बजे पुगेका प्रधानमन्त्रीले अप्ठ्यारो मानिमानी छलफल मंगलबारलाई सारे। ‘त्यो अलि इमर्जेन्सी मिटिङ पर्‍यो। त्यो तल विचारोतेजक ढंगले चलेको छ। सामान्य खालको छलफल छैन,’ उनले भने, ‘मेरो मन पनि तलै छ।’

गठबन्धन बैठकका मूल एजेन्डा के त ? प्रधानमन्त्रीले भने, ‘अदालतको फैसलालाई कसरी बुझ्ने भन्ने एउटा छ। यसमा पूर्वप्रधानमन्त्रीहरू कसरी प्रस्तुत हुने भन्ने छ। त्यस्तै संसद्को गतिरोध हटाउने, गौर हत्याकाण्ड छानबिनमा सत्तारुढ घटककै विमतीलगायत एजेन्डा छन्।’

उक्त गठबन्धन बैठकले सुन तस्करी प्रकरणमा न्यायिक समिति नबनाउने, सीआईबीबाटै अनुसन्धान गराउने निर्णय गरेको छ। अदालतको आदेशमाथिको रणनीतिबारे भने भएको निर्णय खुलाइएको छैन। अन्नपूर्ण पोस्ट