१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

कांग्रेस कमजोर बनाउने गुट स्वीकार्य हुँदैन: नेता सत्तार

कांग्रेस कमजोर बनाउने गुट स्वीकार्य हुँदैन: नेता सत्तार
अ अ+ अ-

कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले कांग्रेस कमजोर बनाउने गुटप्रति पार्टी निर्ममरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानअन्तरगत केन्द्रीय प्रतिनिधिका रुपमा कपिलवस्तुमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सत्तारले यस्तो बताउनुभएको हो ।

१० दिने विशेष अभियानको समीक्षा कार्यक्रममा नेता सत्तारले भन्नुभयो, “लोकतान्त्रिक पार्टीमा वादविवाद हुन्छ, गुट पनि हुन्छ तर त्यो पार्टी बलियो बनाउन हुन्छ, पार्टी हराउन होइन ।”

उहाँले भन्नुभयो, “एक अर्कालाई हेर्न पनि नसक्ने हामी कस्ता भयौँ रु अझ बिपीका कायकर्ता कसरी भन्ने रु यो आजै, अहिल्यै अन्त्य हुनुपर्छ । यस्तो संस्कारलाई सबै मिलेर परास्त गरौँ ।”

उहाँका अनुसार कांग्रेस कमजोर हुँदा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ । “कालो बादल मडारिन थालेको छ । यो सबै उपलब्धि गुम्न पनि सक्छ । यस्तो बेला पनि गुटको राजनीतिमा रमाउने कदापि गर्नु हुँदैन ।”

पार्टीलाई आघात पुग्ने कार्य र व्यक्तिवादी सोच त्याग्न आग्रह गर्दै उहाँले जनतासँग गरेको वाचा पूरा गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।

कांग्रेस कस्तो भयो भनेर २०८४ को निर्वाचनमा आउने परिणामबाट देखिने भन्दै उहाँले अबका निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा यिनै अभियानहरुमा भर पर्ने बताउनुभयो ।