१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

कमल थापाले पार्टी छोडेपनि केही असर पर्दैनः अध्यक्ष लिङ्देन

कमल थापाले पार्टी छोडेपनि केही असर पर्दैनः अध्यक्ष लिङ्देन
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपनि केही असर नपर्ने बताउनुभएको छ । 

बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरेपनि पार्टीको आगामी जिवनमा केही फरक नपर्ने बताउनुभएको हो । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडी बढ्ने उहाँले बताउनुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो – ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जिवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जिवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन । हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौँ ।’

उहाँले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो । पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडी बढ्ने भन्दै उहाँले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामीले सबै साथीहरुलाई आव्हान पनि गरेका छौँ । र मलाई के विश्वास छ भने यो छोड्ने क्रममा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका कसैले पनि यो खालका कामहरु गर्नु हुने छैन । अहिले भुमिकाविहिन रहेका केही साथीहरुले यसप्रकारको निर्णय गरेको सुन्नमा आएको छ । अरु साथीहरुलाई पनि हामी आग्रह गर्छौ, उहाँहरुलाई पनि आग्रह गर्छौ, र आम हाम्रा नेता, कार्यकर्ता र शुभेच्छुक साथीहरुलाई आव्हान गर्छौ कि यो घटनाबाट कसैले पनि विचलित हुनुपर्दैन । राप्रपा अझ दृढ, अझ सशक्त ढंगले अगाडी बढ्छ । र यसलाई हामीले शक्तिमा रुपान्तरण गरेर अगाडी बढ्छौँ ।’

अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह समेत गर्नुभएको छ । थापाको यस निर्णयले उहाँकै राजनीतिक भविष्य समेत नरहेको भन्दै उहाँले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘हामीले औपचारिक रुपमै भनेका छौँ यो निर्णयबाट हामी दुखित छौँ । यो निर्णय सच्याउन, यो निर्णयमा पुर्नविचार गर्न आग्रह गर्छौ भनेर भनेका छौँ र अहिले पनि यो सञ्चार माध्यममार्फत् पनि उहाँलाई आग्रह गर्न चाहान्छु, उहाँ स्वयम्को राजनीतिक भविष्यका लागि समेत यो निर्णय सच्याउनु उचित हुन्छ । राम्रो हुन्छ । फलदायि हुन्छ र राप्रपा सदैव उहाँको लागि ढोका खुल्ला गरेर बसेको छ ।’

निवर्तमान अध्यक्ष थापाको माग सम्बोधन गर्नका लागि पार्टीको बैठक बोलाइसकेको अवस्थामा उहाँले पार्टी छोडेको भन्दै अध्यक्ष लिङ्देनले सो घटनालाई अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा लिएको उल्लेख गर्नुभयो । छलफलका क्रममा सँगै काम गर्ने समझदारी बनेको भएपनि थापाले पार्टी छोडेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गर्ने व्यक्तिगत निर्णय जुन गर्नुभो त्यो अनपेक्षित र अप्रत्यासित घटनाको रुपमा हामीले लिएका छौँ । पार्टीको पदाधिकारी बैठकले पनि आधिकारिक रुपमा त्यही धारणा बनाएको छ । 

हामीले सकारात्मक रुपमा कुराकानी गरेका थियौँ । बिचमा जुन प्रकारको ग्याप भएपनि हामीले भेटघाट, कुराकानी गरेपछि एउटा समझदारी पनि बन्यो कि हामी अब सँगै काम गर्ने, त्यसका लागि फेस सेभिङका केही उपायहरु निकाल्ने भनेर हामी टुंगोमा पुगेर त्यसको अन्तिम चरणमा थियौँ । र पदाधिकारी बैठक समेत बोलाइसकेका थियौँ । भोली पदाधिकारी बैठक छ । त्यसले निर्णय गरेर हामी अगाडी जाने भनेर । त्यो कुराको सूचना समेत उहाँलाई हामीले दिइसकेका थियौँ र हाम्रो उपाध्यक्ष बुद्धिमान तामाङले उहाँलाई बिहान त्यस विषयमा जानकारी पनि गराइसक्नुभएको थियो । संकेत दिइसक्नु भएको थियो । हामीले यो ढंगले यो समस्यालाई सम्बोधन गर्न लागेका छौँ भनेर सन्देश पनि दिइसकेपछि उहाँले जुन अप्रत्याशित यो निर्णय लिनुभयो हामी आफैँ अचम्भित छौँ ।’

निवर्तमान अध्यक्ष थापाले राप्रपा छोड्न गरेको निर्णय उहाँको एकल निर्णय भएको अध्यक्ष लिङ्देनले बताउनुभयो ।