• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा ★   विदेशी पोसाकमा देखिए ‘फुलेराका गाउँलेहरू’ ★   जापानमा ‘वास्तविक छाला’ जस्तै देखिने आवरणसहितको रोवोटको निर्माण ★   ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ ★   महामन्त्रीले दिएको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं: सांसद खनाल

डुरान्ड कपः आर्मी भारतको चेन्नाइयीनसँग पराजित



काठमाडौँ । त्रिभुवन आर्मीले एफसी डुरान्ड कप फुटबलमा आफ्नो दोस्रो खेलमा पराजय बेहोरेको छ ।

गुहावाटीस्थति इन्दिरा गान्धी एथ्लेटिक स्टेडियममा सोमबार भएको खेलमा ए डिभिजन क्लब आर्मी भारतको आइएसएल क्लब चेन्नाइयीन एफसीसँग ३–० ले पराजित भएको हो ।

चेन्नाइयीनले पहिलो हाफमा दुई र दोस्रो हाफमा १ गोल गर्यो ।

फारुख चौधरीले २२औं मिनेटमा गोल गर्दै चेन्नाइयीनलाई सुरुवाती अग्रता दिलाएका थिए भने रहिम अलीले ४०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी अग्रता दोब्बर पारे । यस्तै, ८४औं मिनेटमा ब्राजिलियन खेलाडी राफेल क्रिभेलारोले चेन्नाइयीनका लागि तेस्रो गोल गरे ।

समूह ई मा आर्मीको यो पहिलो हार हो । पहिलो खेलमा आर्मीले दिल्ली एफसीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

लगातार दोस्रो खेलमा जित निकालेको चेन्नाइयीन समूहको एक खेल खेल्नुअघि नै क्वाटरफाइनलमा प्रवेश गरेको छ । दुई जितबाट ६ अंक जोडेको चेन्नाइयीन समूह विजेता बन्ने पक्का छ । दुई खेलपछि दिल्लीको २ तथा आर्मी र हैदरादको समान १ अंक छ ।

अब आर्मीले समूहको अन्तिम खेल अगष्ट २२ मा हैदरवादसँग खेल्नेछ ।

प्रतियोगितामा सहभागि २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसमा हरेक समूहको विजेता ६ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट २ टिमले क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।