२० श्रावण २०८३, बुधबार
,
Latest
दुई सय सात किलो गाँजासहित पक्राउ कन्टिनेन्टल कम्पोनेन्ट सर्भिसेस प्रालिलाई उपस्थित हुन पत्राचार राष्ट्रिय कृषि नीति, २०८३ जारी संसदीय समितिको बैठकमा एम्नेस्टी इन्टरनेशनलको अनुपस्थितिप्रति सांसद न्यौपानेको आपत्ति लिस्बनस्थित नेपाली दूतावासबाट राहदानीको अनलाइन आवेदन पुनः खुला हर्मुज खोल्न ट्रम्पको चेतावनी पर्साबाट फरार प्रतिवादी पक्राउ सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो अन्तर्राष्ट्रिय कार्यक्रममा मात्र राष्ट्रिय स्कार्फ प्रयोग हुने उद्योगमन्त्री यादवको निर्देशनपछि औद्योगिक क्षेत्रमा कडाइ, कन्टिनेन्टल कम्पोनेन्टलाई ७ दिनभित्र छलफलमा उपस्थित हुन पत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो



अ+ अ-

काठमाडौँ । रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सकिएको छ । आयोजनाले तीन दशमलव आठ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न गरेको हो ।

गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा रहेको विद्युत्गृहसम्म सुरुङ निर्माण गरिएको निर्माण कम्पनी आरएम समूहका सचिव जनार्दन अर्यालले जानकारी दिनुभयो । आयोजना निर्माण दुई वर्षअघि कोभिड महामारीका बेला सुरु भएको थियो ।

आयोजनाको सुरुङ विद्युतगृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको काम भइरहेको तथा सामान आएलगत्तै जडान सुरु हुने अर्यालले बताउनुभयो । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत पुगेको छ ।

आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राटेकले गरिरहेको छ । लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम समूहको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजनाको लागत रु दुई अर्ब ७३ करोड छ । जसमा सनराइज बैंकले रु एक अर्ब ५० करोड, सिद्धार्थ बैंकले रु ५४ करोड, कुमारी बैंकले रु ३० करोड र बाँकी आरएम समूहले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको कम्पनीले जनाएको छ । एक वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको  सो समूहका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । रासस