१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

सकियो काँग्रेस पदाधिकारी बैठक

सकियो काँग्रेस पदाधिकारी बैठक
अ अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले पार्टीको केन्द्रिय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ । 

बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले बिहीबार (भोली) बोलाइएको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो । स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रिय कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो । बैठकमा कोभिडकाकारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ । 

प्रवक्ता महतले भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिई गतिशील बनाउने विषयमा पनि सो बैठकमा छलफल हुने बताउनु भयो । उहाँले भन्नु भयो,‘स्थानीय निर्वाचनमा हामी कसरी सशक्त रुपमा प्रस्तुत हुने ? कसरी पार्टीलाई परिचालन गर्ने ? र यो १६ जिल्लाको अधिवेशन जुन स्थगित भएको छ । खासगरी कोभिडको कारणले पनि फेरी स¥यो । त्यसलाई कसरी अघि बढाउने ? र, सँगसँगै यो भातृ–सुभेच्छुक संस्थाहरुलाई कसरी गति दिने, पूर्णता दिने  भन्ने विषयमा हाम्रो जुन हिजो पदाधिकारी साथीहरुले छलफल गरेका थियौ । त्यो सभापतिज्यूलाई ब्रिफ ग¥यौं । उहाँका कुराहरु पनि सुन्यौं । र, भोली थप कार्य सम्पादन समितिमा त्यहाँ आएका सुझाव र सल्लाहलाई लिएर निर्णयमा पुगौं भन्ने कुरा भयो ।’

नेपाली काँग्रेसको हिजो बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्द्रिय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो । आजको बैठकमा त्यसबारे प्रधानमन्त्री समेत रहनु भएका पार्टी सभापति देउवालाई जानकारी गराइएको पनि प्रवक्ता महतले बताउनु भयो ।