२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयबाट बिदा हुँदै गर्दा मोदीद्वारा ४५ बुँदे कार्यप्रगति सार्वजनिक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बिदा हुँदै गर्दा अमनलाल मोदीले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गर्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) को निर्णयअनुसार उहाँलाई फिर्ता बोलाएर जनमतलाई सो मन्त्रालय दिइएसँगै मोदी सोमबार मन्त्रालयबाट औपचारिक रुपमा बिदा हुनुभएको हो ।

मन्त्रालयमा आयोजित बिदाइ पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ४५ बुँदे कार्यप्रगतिमा संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको उल्लेख गरिएको छ ।

यस्तै निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, केबुलकार निर्माण तथा सञ्चालन सम्बन्धी नमूना कार्यविधि तयार गरिएको, विभिन्न स्थानीय तहमा स्थलगतरुपमा कार्यसम्पादन सहजीकरण गरिएकोलगायत ४५ बुँदामा मोदीले आफ्नो कार्यप्रगति सार्वजनिक गर्नुभएको छ ।