५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गरियोस्: निर्माण व्यवसायी

राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गरियोस्: निर्माण व्यवसायी
अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायीहरुले निर्माणको भुक्तानीसहित ९ बुँदे माग राख्दै ललितपुरस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् ।

उनीहरुले आज सोमवार पनि सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् । व्यवसायीहरले आन्दोलन गरेको १६ दिनसम्म पनि सरकारले निर्माण व्यवसायीहरुका आवाज नसुनेको भन्दै अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक विभागमा तालाबन्दी गर्ने आफ्नो अधिकारलाई सरकारले नदिएको बताउनु भयो । उहाँले सरकारले सडक विभागसम्म जान नदिए सडक जाम गर्ने चेतावनी दिनुभयो । उहाँले सरकार निर्माण व्यवसायीहरुको भुक्तानी नदिने र निर्माण व्यवसायीहरुले काम नै गर्दैनन् भन्ने भ्रम छर्ने काममा उद्धत भएको आरोप लगाउनु भयो । उहाँले सकरारले सार्वजनिक खरिद नियमावलीको नियम ६ लाई कडाइकासाथ लागू नगरेसम्म, बिना बजेटका योजनाहरु खारेज नगरेसम्म र पूर्वतयारीका योजना खारेज नगरेसम्म आन्दोलनमा जारी राख्ने चेतावनी दिनुभयो । अध्यक्ष सिंहले राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गर्न चेतावनी दिनुभयो । सबै निर्माण कार्यलाई समान हुनेगरी मूल्य समायोजन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो आन्दोलनको १६ औं दिन हामी सडक विभागमा धर्नामा छौँ । हामीलाई जुन तालाबन्दी गर्ने अधिकार छ, त्यो अधिकारबाट पनि यो गणतान्त्रिक सरकारले हामीलाई वञ्चित गरेको छ । सडकमै बस्न बाध्य भएका छौँ । सरकारले रोक लगाउँछ र गेटसम्म पनि पनि बन्द गर्न नदिए सडक नै जाम गर्न बाध्य हुनेछौँ । भनेपछि गेटसम्म कार्यक्रम गर्न दिइएको छ । हाम्रो कार्यक्रमले जनतालाई असर नपरोस् भनेर कार्यक्रम गरिरहेका छौँ । बिना बजेटका टेण्डर निकालेर हामी निर्माण व्यवसायीहरुलाई ट्रयापमा पार्ने काम गर्नुभएको छ । निर्माण व्यवसायीले काम गर्दैनन् भन्ने पारिएको छ ।

यसलाई चिर्नपनि आन्दोलित छौँ । जबसम्म सरकारले सार्वजनिक खरिद नियमावलीको नियम ६ लाई कडाइकासाथ लागू गर्दैन, बिना बजेटका योजनाहरु खारेज गर्ने, पूर्वतयारीका योजना खारेज नगरेसम्म आन्दोलित हुनेछौँ । जनता, मतदातालाई भ्रम छर्ने र राजनीतिक नेतृत्वको दबाबमा कर्मचारीले ठेक्का निकाल्ने काम बन्द गरिनुपर्छ । ३ हजार योजनाको म्याद थप हुँदैछ, ४ खर्बको भुक्तानीको तालिका सरकारले हामीलाई दिनुपर्छ । हामी काम गर्ने तालिका सरकारलाई दिनेछौँ । सबै निर्माण कार्यलाई प्राप्त हुनुपर्छ, मूल्य समायोजन । ठूला निर्माण व्यवसायीले मूल्य समायोजन पाउने र सानाले नपाउने न्यायसंगत भएन ।’

व्यवसायीहले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर,सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर,जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर,व्यवहारिक माइल स्टेन खारेज गर,गुणस्तर र समयमा निर्माण हाम्रो प्रतिवद्धता,उपभोक्ताबाट निर्माण कार्य गर्ने नियम खारेज गर, खरिद नियमावलीको नियम ६ लाई कडाईका साथ लागू गर र निर्माण व्यवसायी एकता जिन्दावाद लेखेको प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन् ।