९ आश्विन २०८१, बुधबार
,
Latest
आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु आफ्नो पार्टनरलाई म्यासेज गर्दा गल्तिले पनि नगर्नुहोस् यी ५ काम
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीलाई शपथ



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिनुभएको हो । नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुनुहुन्छ ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियोे । रासस