७ श्रावण २०८३, बिहीबार
,
Latest
सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ वैकल्पिक व्यवस्थापन र जग्गाको स्वामित्वको माग गर्दै सुकुम्बासीद्वारा माईतीघरमा प्रदर्शन ९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुमतको वैकल्पिक सरकार दाबी गर्नबाट कांग्रेस ‘ब्याक’



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या जुटाउन नसकेपछि कांग्रेस बहुमतको वैकल्पिक सरकार दाबी गर्नबाट पछि हटेको हो ।

कांग्रेसले गत २७ बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेपछि सरकारमाथि दाबी गर्ने भन्दै विपक्षी दलसँग सघन छलफल अघि बढाएको थियो । त्यसक्रममा विपक्षमा नै रहेको नेकपा माओवादी केन्द्रको समर्थन पाए पनि जनता समाजवादी पार्टीको सिंगो समर्थन प्राप्त गर्न नसकेपछि कांग्रेस सरकार दाबीबाट पछि हटेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको मात्रै संख्याले बहुमत नपुग्ने अवस्था भएको र जसपाले साथ नदिएपछि सरकारमाथि दाबी गर्ने अवस्था नरहेको बताए । कांग्रेसलाई जसपाभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले भने वैकल्पिक सरकार गठनका लागि सहयोग गर्ने वचन दिएका थिए ।

तर, बिहीबार दिनभर एमालेकै माधव नेपाल समूहको निर्णयसमेत कुरेको कांग्रेसले सो समूहको राजीनामा नआउने अवस्था विकसित भएपछि सरकार दाबी प्रयासबाट पछि हटेको हो । कांग्रेसले अन्तिम अवस्थामा पनि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल गर्यो । तर, उनीहरू कांग्रेस नेतृत्वको सरकारका लागि तयार नभएपछि सभापति देउवाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै निवास बोलाएर अवस्थाबारे जानकारी दिए ।

देउवाले बिहीबार साँझ नै पदाधिकारी बैठक बोलाएर अवस्थाबारे जानकारी गराए । त्यसक्रममा उनले सरकारमाथि दाबी गर्ने अवस्था नबनेको ‘ ब्रिफिङ’ नेतासमक्ष गरे । कांग्रेस निर्णयसँगै प्रधानमन्त्री पदमा ओली नै पुग्ने पक्का भएको हो । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत सोमबार राति नै आह्वान भइसकेको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहुमतीय आधारमा नयाँ सरकार गठनका लागि आहवान गरेकी थिइन् । सो व्यवस्थाअनुसार प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत पुर्याएको अवस्थामा सरकारमाथि दाबी गर्न सक्छन् । यसअघि, प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदा भने जसपाको ठाकुर र महतो समूह तटस्थ बसेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।