२ पुष २०८२, बुधबार
,
Latest
पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिएसजीको प्रशिक्षणमा फर्किँदै एम्बाप्पे



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार केलिएन एम्बाप्पे अन्ततः क्लबको प्रशिक्षणमा फर्किने भएका छन् । पिएसजीले यसअघि एम्बाप्पेलाई आफ्नो मुख्य टिमसँग प्रशिक्षणको अनुमति दिएको थिएन भने उनलाई पहिलो खेलमा बेन्चमा राखिएको थियो ।

तर, एम्बाप्पे र क्लब प्रतिनिधिबीचको छलफल सकरात्मक भएपछि आइतबारबाट उनी पिएसजीको मुख्य टोलीसँगै प्रशिक्षणमा फर्किन लागेका हुन् ।

क्लबले भनेको छ – ‘पिएसजी–लोरिएन्ट खेलअघि पेरिस सेन्ट–जर्मेन र केलियन एम्बाप्पेबीच सकारात्मक छलफल भएको छ । जसअनुसार एम्बाप्पेलाई आज बिहान प्रशिक्षण टोलीमा पुनर्स्थापित गरिएको छ ।’

शनिबार राति भएको सिजनको पहिलो खेलमा एमबाप्पेलाई बेन्चमा राखेको पिएसजी लोरिएन्टसँग गोलरहित बराबरीमा रोकिएको थियो । उक्त खेलमा एम्बाप्पेलाई टिममा सहभागी गराइएको थिएन ।

यो सिजनमै पिएसजीले एम्बाप्पेलाई बेच्न निकै प्रयास गरिरहेको छ । उनी आगामी सिजन फ्री ट्रान्सफर हुने भएकाले उनलाई यसै सिजन बेच्न क्लब कम्मर कसेर लागेको हो ।

यता, एम्बाप्पे भने आफ्नो अन्तिम एक वर्षे सम्झौताअनुसार उनी पिएसजीमा नै यो सिजन बसेर अर्को सिजन फ्री ट्रान्सफरमा रियल मड्रिड जाने सोचमा रहेका छन् ।

एम्बाप्पेसँग असन्तुष्टिकै कारण पिएसजीले उनलाई प्रि–सिजनको एशिया भ्रमणमा साथमा लगेको थिएन भने टिमको मुख्य खेलाडीहरुसँग प्रशिक्षणको अवसरसमेत दिएको थिएन ।

सिजन सुरु हुनुअघि साउदी क्लब अल–हिलालले एम्बाप्पेमाथि विश्व कीर्तिमानी २ सय ५९ मिलियन पाउन्डको प्रस्ताव पिएसजीसँग गरेको थियो । एम्बाप्पेले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

पिएसजीले आगामी शनिबार टौउलौउसेसँग प्रतिस्पर्धा गर्दैछ । प्रशिक्षणमा बोलाएसँगै एम्बाप्पे उक्त खेलबाट मैदान फर्किने सक्नेछन् । यसबारे क्लबको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन ।