२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संसदीय दलको बैठक: गृहमन्त्रीले छोरी कुटेर बुहारी तर्साएझैँ हामीलाई तर्साउँदैछन्



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि छोरी कुटेर बुहारी तर्साउन खोजेको आरोप लगाइएको छ ।

बैठकमा आफ्नो धारणा राख्ने क्रममा सांसद रामहरि खतिवडाले भन्नुभयो, “अहिले गृहमन्त्रीको पारा भएन। हामी पनि सरकारमै छौँ। तर पनि हामीलाई तर्साउन खोज्दैछन् ।”

सुन प्रकरणमा आवाज रोक्नका लागि पार्टीका सांसद सुनिल शर्मालाई पक्राउ गरेको भन्दै उहाँले भन्नुभयो, “उहाँले पहिला कुरा सुनेर पक्राउ गर्नुपर्ने तर, उहाँले बोली बन्द गराउन थुन्न लाग्नुभयो ।”

सांसद खतिवडाले सुशासनको कुरा गर्ने माओवादी लुम्बिनी विकास कोषको उपाध्यक्ष डा ल्हारक्याल लामालाई नियुक्ति गरेको भन्दै मायादेवी मन्दिर पुन: निर्माणका लागि ७ करोड दान दिने भनिएको पैसा कहाँबाट आयो त्यसको छानबिन गर्नुपर्ने माग गर्नुभयो ।