१० माघ २०८१, बिहीबार
,
Latest
कलेज जाँदै गरेकी किशोरीमाथि बलात्कार, एकजना पक्राउ कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला सर्वोच्चले पुनरवलोकन गर्ने चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस दोधारा–चाँदनी सुक्खा बन्दरगाह निमार्ण गर्न बोलपत्र आह्वान समपूरक र विशेष अनुदान सम्बन्धी कार्यविधि संशोधन, समपूरक अनुदान अधिकतम सीमामा कटौती सरकारी वकिलको बहस सकियो, रविका वकिलको बाँकी अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ असनमा आगलागी, निभाउने प्रयास जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करीमा संलग्नता नभए सरकार किन तर्सिएको: ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा सरकारको संलग्नता नभए उच्चस्तरीय छानबिन आयोग बनाउन सरकार किन तर्सिएको भनी प्रश्न गर्नुभएको छ ।

आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले निष्पक्ष छानबिन आयोग गर्न डराएको भन्दै प्रश्न गर्नुभयो, “सरकारको अयोग्यता, नालायकीपन वा लाचारी के हो ? सुन तस्करीमा सरकारको संलग्नता छैन भने किन तर्सिन्छ ? हामीले आफ्ना कार्यकर्ता राखेर होइन, न्यायिक छानबिन भनेका छौँ ।”

पूर्वप्रधानमन्त्री ओलीले बहलवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने माग गर्नुभयो । “एसपीको नेतृत्वमा छानबिन गर्दा एसएसपीले यसो नगर्नु भनेपछि गर्न सक्दैन । गोल्डेन टच पो भयो यो त । ब्रेक सु छोयो अर्को छोयो सुन भन्सारबाट जे ल्याउँदा पनि सुन यस्तो अवस्थामा देश छ”, उहाँले भन्नुभयो ।