• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

ओलीलाई भेटेपछि सुनिल शर्माले भने– कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ



काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने जिकिर गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बाहिरीने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै शर्माले यस्तो बताएका हुन् ।

सांसद शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आतंककारीको संज्ञा दिँदै पदबाट राजीनामा दिनुपर्ने बताए । माओवादीकै सांसदहरू पनि प्रचण्ड र गृहमन्त्रीको गतिविधिप्रति असन्तुष्ट रहेको उनको भनाई छ ।

चुनावअघि गठबन्धन गर्दा हाम्रो धेरै साथीहरूको राजनीतिक हत्या भएको उल्लेख गर्दै उनले भने, हाम्रो पक्ष गठबन्धनको पक्षमा थिएन पार्टीभित्र पनि । अहिले हामी जति प्रचण्डको नेतृत्वमा बस्छौं त्यति कांग्रेस खिइन्छ । कांग्रेसको नेतृत्वमा पहिलो चरणमा र दोस्रो चरणमा एमाले नेतृत्वको सरकार बनाउनुपर्छ । शेरबहादुर दाई, केपीबा हुँदै शेखर कोइराला, गगन थापा सबैलाई प्रधानमन्त्री बन्दै जान्छन् ।’

उनले गृहमन्त्रीको राजीनामा माग्दै एक्लैले भएपनि संसद अवरोध गर्ने चेतावनी दिए ।