४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस्

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो
अ+ अ-

भोजपुर । खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् ।

अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भन्नुभयो, “गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, उत्पादनमा भने ह्रास आएको छ ।” उत्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन ।

आफूले ३० रोपनीभन्दा बढी क्षेत्रफलमा अलैँची व्यवसाय गरे पनि यस वर्ष उत्पादन नभएको प्रधानको गुनासो छ । अलैँची उत्पादनमा गिरावट आएपछि समस्यामा परेको भोजपुर नगरपालिका–१० का कृषक दुर्जधन राईले बताउनुभयो । यस वर्ष अलैँचीको मूल्य प्रतिमन रु ६० हजारभन्दा माथि भए पनि उत्पादन ७० प्रतिशतभन्दा बढीले कमी आएको कृषक उहाँको भनाइ छ । गत वर्ष किसान राईले चार मन अलैँची उत्पादन गर्नुभएको थियो ।

वर्षौँदेखि बाँझो रहेको जग्गामा कृषकले मुख्य आम्दनीको स्रोतका रूपमा अलैँचीखेती गर्दै आइरहेका छन् । अन्न नफल्ने भिरालो खोल्सा र अन्य बाली नलाग्ने पाखा भित्तामा पनि अलैँचीखेती गर्न सकिने भएकाले यसतर्फ कृषकको लगाव बढी देखिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

कृषकलाई प्रधानमन्त्री अधुनिकीकरण परियोजनाले प्रविधिक तथा ५० प्रतिशत लागत साझेदारीमा थप खेती विस्तारमा सहयोग गरेपछि अलैँची खेती गर्ने कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख गणेश खत्रीले बताउनुभयो ।

खडेरी र रोगले अलैँची नष्ट भएपछि उत्पादनसमेत घटेको हो । उत्पादन नघट्ने हो भने कृषकको आर्थिकस्तरमा मात्र नभएर जिल्लाको अर्थतन्त्रमा समेत अलैँचीले सहयोग गर्ने भोजपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्ण मोक्तानले बताउनुभयो । “कृषकलाई उचित मूल्य पाउनै समस्या हुन्छ, मूल्य बढ्दा उत्पादनमा कमी आएको छ, कृषक मारमा छन्”, उहाँले भन्नुभयो ।

खेतीमा लाग्ने विभिन्न रोगका कारण पनि उत्पादन कमी आएको अलैँची व्यवसायी महासङ्घ भोजपुरका अध्यक्ष राजेश विष्टले बताउनुभयो । बगानमा छिर्केफुर्के, जरा तथा पाना कुहिने, डढुवाजस्ता रोग देखिने भएकाले पनि उत्पादनमा कमी आएको उहाँको भनाइ छ ।

जिल्लाको दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडानन्द नगरपालिका, कोट, सिद्धेश्वर, चम्पे, बोखिम, भैँसीपङ्खा, भोजपुर, बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, हेलौछालगायत करिब एक हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिन्छ ।

अन्तर्राष्ट्रिय बजारमै नेपालबाट निर्यात गरिने अलैँचीको मूल्यमा आएको गिरावटले आम्दानीभन्दा श्रम ज्यादा हुने गरेको बताइएको छ । अलैँची उत्पादनअनुसार मूल्य नभएपछि सिजनका बेला बगानमा अलैँची टिप्ने, छोडाउने, सुकाउने, ओसार्ने, गोडमेल गर्ने, पानी लगाउने काममा श्रमिकलाई दिइने ज्यालामात्रै रु दुई लाखसम्म लाग्ने गरेको अलैँची कृषकको गुनासो छ ।

अलैँची कृषक बखतबहादुर श्रेष्ठले यस वर्ष मूल्यमा वृद्धि भएको भए पनि उत्पादनमा कमी आएको बताउनुभयो । “हामी मूल्य बढ्नुपर्छ भनेर चिन्तित थियौँ, तर बढेर पनि उप्त्पादन घट्दा हामी कृषकलाई फाइदा भएन”, उहाँले भन्नुभयो । भोजपुरमा उत्पादन भएको अलैँची धनकुटाको हिले, सङ्खुवासभा, धरान, झापाको बिर्तामोडमा सङ्कलन हुँदै बाहिरी बजारसम्म बिक्रीका लागि जाने गरेको छ । रासस