५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछाका ‘ह्याचलिङ’मा किसान आकर्षित



अ+ अ-

भरतपुर । चितवनको मत्स्य विकास केन्द्र भण्डाराद्वारा उत्पादित माछाका भुराप्रति किसान आकर्षित भएका छन् ।

कार्यालयले आर्थिक वर्ष २०७९/८० मा सात करोड ५० लाख माछाको ह्याचलिङ (चारदेखि सात दिनको भुरा) वितरण गरेको हो । यस्तै ७० लाख फ्राइ (एक महिना अवधिको) र छ लाख ६० हजार फिङ्गरिङ (दुई महिनामाथिको) माछाका भुरा वितरण गरेको कार्यालयका प्रमुख माधवप्रसाद दाहालले जानकारी दिनुभयो ।

कार्यालयले सिल्भर कार्प, बिगहेड कार्प, ग्रोसकार्प, रहु, नैनी, भ्याकुर, पङ्गासियस र टिलापिया जातका माछाका भुरा उत्पादन र वितरण गर्ने गरेको छ । गत वर्ष कार्यालयले भुरा र माछा बिक्री गेरर रु ४५ लाख राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयबाट गत वर्ष छ सय ५० किसान लाभान्वित भएका छन् ।

बागमती प्रदेशको १३ जिल्ला कार्यक्षेत्र रहेको कार्यालयबाट बागमती प्रदेशसँगै अन्य प्रदेशका किसानले पनि सेवा लिने गरेका छन् । उच्च गुणस्तरका हुने भएकाले यहाँ माछाका भुरा लिनका लागि नवलपुर, गोरखा, बारा, पर्सालगायतका जिल्लाबाट पनि कृषक आउने गरेका छन् ।

कार्यालयले फ्राइ जातको २५ पैसा र फिङ्गरिङको ७५ पैसा प्रतिभुरा लिने गरेको छ । केन्द्रमा ३६ पोखरी निर्माण गरिएको छ । यसमा माउ पोखरी छ रहेका छन् । अरु सबै नर्सरी पोखरी हुन् । कार्यालयले खाने माछासमेत उत्पादन गरेर बिक्री गर्दै आइरहेको छ । वार्षिक एकदेखि दुई टन माछा कार्यालयले बिक्री गर्दै आइरहेको मत्स्य विकास अधिकृत डा गणेश अधिकारीले जानकारी दिनुभयो ।

उहाँले कार्यालयले पछिल्लो समय माछा बिक्रीभन्दा पनि भुरा उत्पादनलाई जोड दिएको बताउनुभयो । केन्द्रलाई शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रको रूपमा समेत विकास गर्दै लगिएको उहाँको भनाइ छ । कार्यालयले कृषकलाई माछासम्बन्धी तालिम र परामर्श सेवासमेत दिँदै आएको छ । रासस




भर्खरै