• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

रोनाल्डो चम्किँदा अल नासरले जित्यो अरब क्लब च्याम्पियन्स कप



एजेन्सी । अरब क्लब च्याम्पियन्स कपको उपाधि अल नासरले जितेको छ । गएराति भएको फाइनल खेलमा अल हिलाललाई २–१ गोलले हराउँदै नासर च्याम्पियन बनेको हो ।

नासरका लागि दुबै गोल क्रिस्टियानो रोनाल्डोले गरे । किंग फहाद स्टेडियममा भएको फाइनलमा खेलको सुरुवाती अग्रता भने हिलालले लिएको थियो ।

माइकलले ५१ औं मिनेटमा गोल गर्दै हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । यता, ७४ औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७१ औं मिनेटमा अवदुल्लाह अल अम्रि र ७८ औं मिनेटमा नवाफ बोसालले रातो कार्ड खाएपछि अल नासर ९ खेलाडीमा समेटिएको थियो ।

निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ ९८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै नासरलाई उपाधि दिलाए । रोनाल्डोको नासरबाट यो पहिलो उपाधि हो ।