२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद महासंघ समाजवादीलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहनु जरुरी छैन: नेता खनाल



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । रोल…

सम्मानित नेता खनालले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको ? भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गर्नुभयो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको समेत बताउनु भयो । सम्मानित नेता खनालले आफ्नो पार्टीको समाजवादतर्फको यात्रालाई सुनिश्चित गर्नेगरी संगठन बिस्तार गर्न पनि खेलकुद क्षेत्रमा आवद्ध पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सरकारसँग पनि संघर्ष गर्छौं । अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन । किन नगरिएको हो ? म सरकारसँग प्रश्न गर्न चाहन्छु । यदी हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुपर्‍यो । होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि ? म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुद मन्त्रीलाई सोध्न चाहन्छु । सबै खेलाडीहरु उत्साह र उमंगका साथ यो क्षेत्रमा लाग्नुस् । र, आफ्नो संगठनलाई बिस्तार गर्नुस् । जनतालाई व्यापक रुपले गोलबन्द गर्नुस् । खेल क्षेत्रका सबै विधालाई समेटेर हामी लाग्नुपर्छ ।’

त्यस अवसरमा सम्मानित नेता खनालले सबै खेलाडीहरुलाई उत्साहतका साथ खेल क्षेत्रको विकासमा लाग्न पनि आग्रह गर्नुभयो ।