२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

सेताम्मे डाँडा र हिउँले तान्दै पर्यटक

सेताम्मे डाँडा र हिउँले तान्दै पर्यटक
अ अ+ अ-

डोटी । जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । 

हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबैभन्दा बढी हिमपात भएका छन् । हिमपातपछि अहिले सरकारी कर्मचारीदेखि आन्तरिक पर्यटक त्यहाँ दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । बग्लेकमा सात वर्षयताकै ठूलो हिउँ परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकको घुइँचो बढेको स्थानीयवासी बताउँछन् ।

जिल्लामा कोरोना जोखिम कायमै रहेको र सार्वजनिक ठाउँमा बढी भिडभाड नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरे पनि हिउँ खेल्नका लागि दैनिक सयौँ नागरिक बग्लेक पुग्ने गरेको स्थानीयवासी भरतबहादुर साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँले डाँडाकाँडा र रुख सेताम्मे भएका छन्, कोरोनाको बेवास्ता गर्दै आन्तरिक पर्यटक दैनिक हिउँ खेल्न आउने गरेका छन् ।” हिउँ खेल्नका लागि बग्लेकमा दिनहुँ आन्तरिक पर्यटक भित्रिन थालेपछि यहाँको व्यापार व्यवसाय पनि फस्टाएको उहाँको भनाइ छ । 

हिउँ खेल्न आउने आन्तरिक पर्यटकका कारण यहाँको चहलपहल निकै बढेको अर्का स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बग्लेकलाई मिनी खप्तडका रुपमा पनि चिनिँदै आएको थियो, अहिले हिउँ परेपछि आन्तरिक पर्यटक आउन थालेकाले यहाँको चहलपहल झनै बढेको छ ।” हिउँमा टिकटक बनाउनेदेखि दिनभरि चिप्लेटी खेल्ने पर्यटकका कारण अहिले बग्लेकमा चहलपहल ह्वातै बढेको छ । जिल्ला सदरमुकाम सिलगढीबाट करिब ३० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि बग्लेकमा अहिले हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको लडबुद्ध होटेल सिलगढीका सञ्चालक सिद्धराज जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाडीको यात्रामा बग्लेक नजिकै छ, त्यसैमा झन यो वर्ष उल्लेख्य मात्रामा हिउँ परेपछि उक्त क्षेत्र पर्यटकको प्रमुख रोजाइँमा परेको हो ।” शुक्रबारदेखि उक्त क्षेत्रमा करिब तीन हजार आन्तरिक पर्यटक हिउँ खेल्नका लागि पुगेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बढी भिडभाड नगर्न आग्रह गरिए पनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकलाई रोक्न नसकिएको प्रहरी बताउँछन् । बग्लेकमा करिब सात वर्षपछिकै बाक्लो हिमपात यो वर्ष भएको र यातायातका साधन पनि पुग्ने भएकाले अहिले उक्त क्षेत्रमा हिउँ खेल्न तथा रमाइलो गर्न आउनेको सङ्ख्या बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कोरोना भाइरस सङ्क्रमणका कारण आम नागरिक घर बाहिर निस्किन पाएका थिएनन्, त्यसैमा यो वर्ष बाक्लो हिमपात भएकाले पनि बग्लेकमा हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढेका हुन् ।” बग्लेकबाट सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तडसमेत अवलोकन गर्न सकिने भएकाले खप्तडका विभिन्न रमणीयस्थल तथा हिमालका दृष्य अवलोकन गर्नका लागि भएपनि अहिले बग्लेकमा आन्तरिक तथा बाह्यि पर्यटक भित्रिन थालेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । 

 खप्तडमा बग्लेकभन्दा बढी हिउँ परेकाले त्यहाँका जनावर अहिले बग्लेक क्षेत्रमा झरेका छन् । विभिन्न जङ्गली जनावर देख्न सकिने भएकाले पनि यस क्षेत्रमा पर्यटक आउन थालेका छन् । अग्लो डाँडामा रहेको बग्लेकमा मैदान जमिन हरियाली ठाउँ भएको र घोडचडीको पनि व्यवस्था भएकाले पहिलेदेखि नै पर्यटक आउने गरेको थियो । त्यसमा पनि अहिले हिमपात भएकाले पर्यटकको सङ्ख्या बढेको भिग्राना घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो ।