२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सिआइबीको नांगो दुरुपयोग गर्‍यो: एमाले नेता थापा



अ+ अ-

काठमाडौ. । नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले सरकारले सिआइबीको नांगो दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।

सरकार बिरुद्ध बोल्नेहरुको मुखथुन्न सिआइबीको दुरपयोग भएको उल्लेख गर्दे थापाले सरकारी ज्यादती अदालतको आदेशबाट समेत पुष्टि भएको जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ-

गृहमन्त्री र अर्थमन्त्रीले १ क्वीन्टल सुन तस्करीको संरक्षण गरेको हुँदा अविलम्ब राजीनामा दिनुपर्ने माग संसदमा गुञ्जायमान पारेका सत्तापक्षका सांसद सुनिल शर्मालाई नक्कली प्रमाणपत्रको कथित प्रपञ्च तयार गरी गिरफ्तार गरेको सिआइबीले गृहमन्त्रीको आदेश र आग्रहमा यो ज्यादती गरेको अदालतको आदेशबाट पुष्टि भएको छ।

नारायणकाजी श्रेष्ठलाई संसदको निर्णयमा उच्चस्तरीय समिति गठन गर्न गा(हो परेको आफ्नो इच्छा,संकेत र आदेशमा यस्तै हिसाबले चल्ने हवल्दारी निकायको आड, भरोसा र साथ चाहिएर नै तमामखाले नक्कली अभिनय र स्टन्टबाजी गरिरहेका छन् !

कान्तिपुरले पहिलो पृष्ठमा अनुसन्धान प्रतिवेदनका अंश छापिरहेको भनिएका कतिपय माओवादी नेताहरूलाई गिरफ्तार नगरेर इलेक्ट्रिक सिगरेड९भेप०मार्फत २०७९ माघ अन्तिम साता भएको साढे नौं केजी सुन तस्करीका दोषीमाथि अनुसन्धान गर्न सिआइबी कसको आदृश पर्खेर किन बेखबर बसिरहेको छ?

सिआइबीले मन्त्री र सरकारका आलोचकलाई हदम्याद गुज्रिएको विषयमा बिजुली गतिमा गिरफ्तारी र हतकडी लगाउने तर क्वीन्टल नभएर केजी सुन ल्याउन सक्रिय भुरा माछालाई किन उन्मुक्ति दिइरहेको छ?