• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरुको गहिरो रुचि : बालेन्द्र शाह



काठमाडाैं । काठमाडाैं महानगरका प्रमुख बालेन्द्र शाहले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको बताउनु भएको छ ।

उहाँले सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको बताउनु भएकाे छ ।

सामाजिक संजालमा उहाँले लेख्नु भएको छ, भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।

May be an image of 7 people

प्रथम त्रैमासिक परीक्षा चलिरहेको छ । यसपछि हामी अभिमुखीकरण (ओरियन्टेसन) का क्रममा सिकाइएका विषयमा विद्यार्थीको रुचि टिप्छौँ । त्यसका आधारमा बुक फ्रि फ्राइडेका दिन सिकाइको विषयका रुपमा समावेश गरेर कक्षा चलाउँछौँ ।

यो विज्ञान र प्रविधिमा आधारित समय हो । हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ । अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौँ भने प्रतिस्पर्धी हुन सक्दैनन् । उनीहरुलाई यो जोखिमबाट बचाउन हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विदार्थीलाई पुस्तकमा भएको सिद्धान्त (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गराउँछौँ ।

महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छौँ ।

May be an image of 7 people, people studying and text