५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिर प्रवेश गर्नुअघि घण्टी किन बजाइन्छ ?



अ+ अ-

एजेन्सी । हामी सबैजसो मन्दिरमा पूजा गर्न जान्छौँ । तपाईले मन्दिरको ढोकामा घण्टी बाँधिएको देख्नुभएकै होला । सामान्यतया मानिसहरू मन्दिर भित्र जानु अघि घण्टी बजाउँछन् ।

यसपछि मात्र भगवानको पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्ममा मन्दिर बाहिर घण्टी बजाउने चलन शताब्दीयौं पुरानो हो तर के तपाईलाई थाहा छ मन्दिर प्रवेश गर्नुअघि घण्टी किन बजाइन्छ रु यसको पछाडि वैज्ञानिक र धेरै विशेष कारण छ ।

बिहान बेलुका मन्दिरमा पूजा–आरती हुँदा साना–ठूला घण्टी विशेष लय र धुनमा बजाइन्छ । घण्टी बजाउँदा मन्दिरमा स्थापित देवताको मूर्तिमा चेतना जागृत हुने जनविश्वास छ । यसपछि उनको आराधना र उपासना अधिक फलदायी र प्रभावकारी हुन्छ । आउनुहोस् जानौं मन्दिरमा घण्टी बजाउनुको वैज्ञानिक कारण के हो ?

पुराणमा भनिएको छ कि मन्दिरमा घण्टी बजाउँदा मानिसका धेरै जन्मका पाप नष्ट हुन्छन् । भनिन्छ सृष्टि सुरु हुँदा जुन आवाज गुंजिएको थियो, घण्टी बज्दा पनि त्यही आवाज आउँछ । घण्टीलाई सोही आवाजको प्रतीक मानिन्छ ।

मन्दिर बाहिरको घण्टीलाई घण्टे कालको प्रतीक मानिन्छ । यो पनि विश्वास छ कि जब पृथ्वीमा विनाश हुनेछ, त्यो बेला पनि घण्टी बज्ने जस्तै आवाज वायुमण्डलमा सुनिनेछ । मन्दिरमा घण्टी बजाउनुको पछाडि धार्मिक मात्र नभएर वैज्ञानिक कारण पनि छन् ।

बैज्ञानिकहरुका अनुसार घण्टी बज्दा वातावरणमा कम्पन उत्पन्न हुन्छ र यो वायुमण्डलका कारण धेरै टाढासम्म पुग्छ । यस कम्पनको फाइदा यो हो कि यसको दायरा भित्र आउने सबै ब्याक्टेरिया, भाइरस र सूक्ष्म जीवहरू नष्ट हुन्छन् । यसले मन्दिर र वरपरको वातावरणलाई शुद्ध बनाउँछ ।

भनिन्छ जुन स्थानमा घण्टी बज्ने गर्छ, त्यहाँको वातावरण सधैं शुद्ध र पवित्र रहन्छ । घण्टी बजाउँदा नकारात्मक उर्जाहरु हट्ने मान्यता पनि छ । यसले जनताका लागि समृद्धिको ढोका खोल्छ ।