२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको हिमाञ्चलमा सडक दुर्घटनामा परी ६ प्रहरीको मृत्यु



अ+ अ-

एजेन्सी । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना प्रहरी अधिकारीको मृत्यु भएको सरकारी स्रोतले पुष्टि गरेको छ ।

राज्यको चम्बा जिल्लामा प्रहरी गस्तीमा गएका बेला दुर्घटना भएको हो ।

ठूलो ढुङ्गाले ठक्कर दिएपछि प्रहरी चढेको गाडी अनियन्त्रित भई सडकबाट चिप्लिएर गहिरो खाल्डोमा खसेको थियो ।

दुर्घटनामा एक स्थानीयको पनि मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एक स्थानीय बासिन्दा र तीन जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।