१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी लिगमा फिर्मिनोको तहल्का, पहिलो खेलमै ह्याट्रिक



अ+ अ-

एजेन्सी । यसै सिजन इंग्लिस क्लब लिभरपुल छाडेर साउदी प्रो लिग पुगेका रोबर्टो फिर्मिनोले पहिलो खेलमै ह्याट्रिक गरेका छन् ।

लिग अन्तर्गत गएराति भएको खेलमा अल अहिलले अल हजमलाई ३–१ गोलले पराजित गर्दा फिर्मिनोले तीनै गोल गरेका हुन् ।

उनले खेलको ६, १० र ७२ औं मिनेटमा गोल गरे । यता भिनिसियस डी सुजाले ५० औं मिनेटमा अल हजमका लागि गोल गरेपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

जितसँगै अल अहिलले नयाँ सिजनको पहिलो खेलमै तीन अंक जोड्न सफल भयो । यता अल हजमले भने हारबाट लिगको सुरुवात गर्यो ।