१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सुन तस्करीको तथ्य बाहिर आउँछ भनेर सरकारले सांसद शर्मालाई हत्कडी लगायो: ओली

सुन तस्करीको तथ्य बाहिर आउँछ भनेर सरकारले सांसद शर्मालाई हत्कडी लगायो: ओली
अ अ+ अ-

काठमाडौं ।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाउनुभएको छ ।

काँग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको जिकीर गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन काँग्रेस सांसदहरु संसद बैठकमा उठ्न थालेको दाबी गर्नुभएको हो । नेपाली कला साहित्य डटकमले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकार आफैँ सो प्रकरणमा संलग्न रहेकाले उसले सत्य बाहिर आउने डरले यसबारे बोल्ने जो कोहीलाई पनि सांसद शर्मालाई जस्तै हत्कडी लगाईदिने चेतावनी दिएको बताउनु भयो । अध्यक्ष ओलीले भारतले पनि सो सुन प्रकरणबारे गम्भिर प्रश्न उठाएको उल्लेख गर्दै त्यसको सत्य पत्ता लगाउने काममा आफ्नो पार्टी लागि परेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कहिलेसम्म रहिन्छको चिन्ता नगरौं । जहिलेसम्म रहन्छ । हामीले धर्तीलाई काव्यमय, साहित्यमय, कलामय, सुखमय बनाउनु पर्छ । हाम्रो सबै विधा, सबै प्रयास यसका लागि हो । त्यसकारण म, हुनत: मलाई पनि कहिलेकहिले जति राम्रो काम गरेपनि, जे गरेपनि हमला मात्रै खाएको देख्दा यो राजनीतिक, साथनीति छोडेर पढनेवर्ने, लेख्नेवर्ने यही कामतिर मात्रै लागुकि जस्तो लाग्छ । तर फेरि त्यसरी मात्रै पनि समाज सुधार्न सकिँदैन । त्यसकारण राजनीतिलाई ठिक नपारीकन त अरु चिज ठिक हुनै सक्दैन । अहिले देश बिग्रिएको किन ?

सबैको मनमा असन्तुष्टि छ । कोही विदेश गएको होला मौका परेकाहरु । नभए यहाँ बसेको होला । मैले एक जना साथीलाई सोधेको थिएँ–के छ हालखबर ? उमेर पनि कट्यो, सीप पनि छैन । के गर्ने ? विदेश जान पाइएन । घरैमा छु । अब नजाने खालको मन त होइन रहेछ । उमेर कट्यो । के भयो, भयो । उसो भयो । तर जान नपाएर नगएको रहेछ । त्यसो भएर राजनीतिलाई सच्याएर लैजाऊ । अघि विश्वप्रकाशजीले राख्नुभयो नि हामी पूर्वाग्रही, प्रतिशोधी छौं भनेर । अब यो सुन तस्करी काण्डमा प्रतिपक्ष बोल्छ भनेर सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि महाभारतको युद्धमा असोस्थाले बोलेपछि त्यही गर्छ, अहिले सत्तापक्ष हामीले उठेर बोल्न थालेपछि सबै उठेर नगरा बजाएर त्यो सत्य उजागर होला भनेझैं पहिला बोल्दै दिँदैन । व्यवधान गर्छ । सुनिल शर्मा, यो फेक सर्टिफिकेट हो भने यो दुई दिनमा बनाएको हो ? यही दुई दिनमा सरकारको आलोचना गरेपछि बनाएको हो ?

अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा गर भनेपछि ? यसमा कमजोरी देखियो भनेपछि ? अनि दुई दिन बोल्ने वित्तिकै हतकडी । सुनिल शर्मा भागी हाल्छ त ? छानबिन गर्दैगर्दा हुन्थ्यो नि । पहिले हत्कडी । एउटा पत्र एक ठाउँको कारिन्दाले पठायो, अर्को ठाउँको कारिन्दाले हत्कडी लगायो । भनेपनि सबको मुख बन्द गर्ने । अनि जसको २२ पल्ट पहिले पास भइसक्यो । २३ औं पटक समातियो । छानबिन गरौैँ न त । यो पास गर्नेहरुले नै छानविन गरेर अनि ढाकछोप गरेर हुँदैन । यो गहिर्‍याईसम्म पुगौं, जरासम्म पुगौं । यसले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने भइसक्यो हाम्रो । भारतले एकदम गम्भिर ढंगले प्रश्न गरिराखेको छ कि हाम्रो अर्थतन्त्रमा गम्भिर असर पर्‍यो । हाम्रो यो यस्तो के ल्याप्सेस भईराखेको छ ? अनि गर्ने, गराउने आफूहरु । अनि, कुनै टार भएपनि, कुनै कोट भएपनि छोडदिन भनेर फेरि फाईफुईं गर्ने । अचम्म लाग्छ क्या । त्यसो भएर सुनिल शर्मालाई अहिले तत्काल पक्रेको नि यदि थियो भने किन लुकाउनु भयो अस्तीअस्ती ? अस्तिअस्ति किन निर्वाचनको उम्मेदवार बनाउनु भयो ? चेपेर राखेको रहेछ नि कुरा । होइन भने किन समातेको ? यस्तो कपटपूर्ण खेल खेल्नु हुँदैन । वीकनेश थियो भने किन लुकाएको अस्तीअस्ती ? साँच्चै हो भने किन अस्ती नै लुकाएको ? साँच्चै हो भने पनि दुई दिन बोलेपछि तेस्रो दिन बोल त ? अव कोही बोल त ? सुनिल शर्मा बनाई दिन्छु भन्ने । त्यही हो मेसो । पछि सदर, बेसदर के ठहर्ला । आरोप छ । अदालतले केही भनेको छैन । निर्वाचित एउटा माननीय छानबिन छैन, केही छैन । हत्कडी लगाएर पछि छानबिन गरौंला भनेर पक्रेको छ । एउटा निवेदन कसैको हालिदियो, कुखुरा चोरेको भनेर निवेदन हालिदिन्छ । हत्कडी लगाएर लान्छ एउटा सांसदलाई । दुई महिनापछि, ६ महिना पछि अव बोल्दिन बाबा भनेपछि होइन रहेछ भनिदिन्छ ।

यो दिशामा समाज नजाओस् भनेर विद्यापतिका पालादेखि कोशिस देखिन्छ । अहिलेसम्म पनि त्यो कोशिस चलिरहेको छ । हामी पनि यो कोशिस गरिराखेका छौं ।’
त्यस अवसरमा अध्यक्ष ओलीले आफूले जतिसुकै राम्रो काम गरेपनि हमला हुने गरेको गुनासो समेत गर्नुभयो । राजनीति सबै नीतिको मुल नीति भएकाले आफूले सत्य उजागर गर्ने कुरालाई भने नछोडने उहाँको भनाई थियो ।