५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरीरका कुन अंग फरफराएमा शुभ/अशुभ मानिन्छ ?



अ+ अ-

एजेन्सी । कहिलेकाहीँ एक्कासी शरीरका अंगहरू जस्तै आँखा वा औंलाहरू फरफराउन थाल्छन् । हामीले यसको अर्थ बुझ्दैनौं । समुद्र शास्त्रमा भनिएको छ कि शरीरका विभिन्न अंगको स्पंदनको विशेष अर्थ हुन्छ ।

सामुद्रिकशास्त्रमा शरीरका अंगको संरचनाले व्यक्तित्वको बारेमा बताउन सक्षम हुने विश्वास गरिन्छ । समुन्द्रशास्त्र अनुसार शरीरका विभिन्न अंग फरफराउनुको अर्थ के हो जानौं ।

कुन आँखा फरफराउनु शुभ हुन्छ ?
आँखा फरफराउन एकदमै सामान्य कुरा हो । समुद्र शास्त्रका अनुसार महिला र पुरुषमा यसको फरक फरक अर्थ हुन्छ । पुरुषका लागि दाहिने आँखा फरफराउनु शुभ चिन्ह मानिन्छ । अर्कोतर्फ, महिलाहरूको लागि देब्रे आँखा फरफराउनु शुभ संकेतको रूपमा लिइन्छ ।

औंला फरफराउनुले के संकेत गर्छ ?
समुद्र शास्त्रमा दाहिने हातको औंला फरफराउनु शुभ चिन्ह मानिन्छ । यसले संकेत गर्छ कि तपाइँ नयाँ कसैलाई भेट्न वा केहि नयाँ सुरु गर्न लाग्दै हुनुहुन्छ । त्यसैगरी बायाँ हातको औंलाहरू फरफराउनुलाई प्रायः अशुभ संकेतका रूपमा लिइन्छ । जसले सम्भावित हानि वा विवादलाई संकेत गर्छ ।

खुट्टा फरफराउनु
धेरैको खुट्टा पनि फरफराउन थाल्छ । समुद्र शास्त्रका अनुसार दाहिने खुट्टा फरफराउनुले यात्रा आदिमा जान सकिने संकेत गर्छ । अर्कोतर्फ देब्रे खुट्टा फरफराउनु शुभ मानिएको छैन । यसले आगामी हानि वा नकारात्मक घटनालाई संकेत गर्छ ।