४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगर प्रहरी डोजरसँगै पुग्यो कपन



अ+ अ-

काठमाडौं । कपनको खहरे खोला उत्खनन गर्ने तयारीस्वरुप काठमाडौँ महानगरपालिका डोजरसँगै त्यहाँ पुगेको छ ।

खहरे खोला उत्खनन गर्ने तयारीका लागि अहिले अहिले नापी कार्यालय चावहिलमा काठमाडौँ र बूढानीलकण्ठका प्रतिनिधिबीच छलफल भइरहेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरपालिका सबै तयारी गरेर कपनमा आएको छ । “वार्ताबाट के निर्णय हुन्छ भनेर कुरिरहेका छौँ, डोजर चल्ने सम्भावना रहेको छ”, उहाँले भन्नुभयो ।

तर महानगर प्रमुख बालेन शाह नै आउने भनिए पनि समय नदिएको भन्दै बूढानीलकण्ठ नगरपालिकाले असन्तोष व्यक्त गरेको छ । नापी विभागमा महानगर प्रमुख नआएर प्रतिनिधि पठाएपछि जिल्ला समन्वय समिति काठमाडौँले ३ बजे दुई नगरको बैठक बोलाएको छ ।

बूढानीलकण्ठ नगरपालिकाले छलफल गरेर निस्कने समाधानअनुसार मात्र डोजर चलाउने पक्षमा रहेको जनाएको छ । नगरप्रमुख मिठाराम अधिकारीले हिजो बिहीबार राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरका मेयर बालेनसँग भएको सहमतिअनुसार नै अगाडि बढ्ने जानकारी दिनुभयो ।