५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भयो: सांसद बेल्वासे

संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भयो: सांसद बेल्वासे
अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद गंगा कुमारी बेल्वासेले संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बेल्बासेले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको आवाजहरु बोल्ने सांसदहरुको आवाज बन्द भएको बताउनुभएको हो । उहाँले संसद अवरुद्ध हुँदा जनताप्रति उत्तरदायी हुन नसकिएको बताउनु भयो । उहाँले सांसदहरुको आवाजलाई बन्द गर्न प्रतिपक्ष दलले भुमिका खेलेको बताउनु भयो । संसद अवरुद्ध हुँदा जनताका आवश्यकताहरुको सम्बोधन गर्न नसकिएको भन्दै उहाँले प्रतिपक्षलाई बिरोधको तरिका बदल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जनताका आवाज बुलन्द गर्ने यो संसद लामो समयदेखि अवरुद्ध छ । जनताका आवाजहरुलाई बोल्नुपर्ने, कानून बनाउनुपर्ने र संसदका आफ्ना नियमित कामहरुलाई अगाडी बढाउनुपर्ने संसद अवरुद्ध हुँदाखेरी हामी जनताप्रति उत्तरदायी हुन सकेका छैनौँ । सरकारप्रति उत्तरदायी हुन सकेका छैनौँ । सरकारले गरिराखेका राम्रा कामलाई समर्थन गर्न र हाम्रो आवाज बन्द भएका छन् । हाम्रो आवाज बन्द गर्ने प्रतिपक्षमा रहेर प्रतिपक्षका साथीहरुले भुमिका खेलिराख्नु भएको छ ।

यो राम्रो भइराखेको छैन । सरकारमा हुँदाखेरी संसद विघटन गर्ने, विपक्षमा भयो भने संसद अवरुद्ध गर्ने । के तरिका हो यो ? यसरी जनताका आवश्यकताहरुलाई सम्बोधन गर्न पनि सकिन्न । सरकारलाई साथ दिनपनि सकिन्न । सरकारलाई सकारात्मक बनाउनका लागि आलोचना गर्न पनि सकिन्न । यो तरिका बन्द गर्नुपर्‍यो । सदन खुल्नुपर्‍यो । आफ्ना बिरोधका आवाजहरु अरु माध्यमबाट राख्नुपर्‍यो । विरोधका तरिकाहरु बदल्नका लागि म प्रतिपक्षलाई विनम्र अनुरोध गर्दछु ।’

उहाँले डेंगु संक्रमणले भयावह रुप लिइरहेको भन्दै प्रभावित क्षेत्रमा अभियान नै सञ्चालन गरेर रोकथाममा लाग्न सरकारसँग माग गर्नुभयो ।