२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवस: उपराष्ट्रपति यादव स्वागत समारोहमा



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत अब्रर हुसेन हास्मीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, सांसद, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च अधिकारी, कामको सिलसिलामा यहाँ रहेका पाकिस्तानी नागरिक, उद्योगपति, व्यापारी, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत हास्मीले सन् १९६० मा पाकिस्तान र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्नुभयो । उहाँले जलवायुलगायत साझा चासोका विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्चमा दुवै देशले साझेदारी गर्दै आएका बताउनुभयो । आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताउँदै उहाँले नेपालको सामाजिक–आर्थिक विकासमा सक्दो सहयोग गर्न पाकिस्तान तत्पर छ भन्नुभयो ।

नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० का संस्थापक मुलुक नेपाल र पाकिस्तानले शान्ति, समृद्धि र विकासका निम्ति समान दृष्टिकोणका साथ द्विपक्षीय एवं बहुपक्षीय मञ्चमा सहकार्य गर्दै आएका बताउनुभयो । रासस