१८ भाद्र २०८३, बिहीबार
,
Latest
कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टुः नेपालले आज युएईको सामना गर्दै



अ+ अ-

काठमाडौं ।‘आईसीसी क्रिकेट विश्वकप लिग टु’को त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज (शुक्रबार) यूएईविरुद्ध खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेल युएईविरुद्ध उसको मैदान सारजाहमा खेल्न लागेको हो ।

युएई र नेपालबीचको खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई २ विकेटले हराएको नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ । यता, युएई पनि लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले पराजित गरेको थियो । नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियमा ४ पटक भिडेका छन् ।

जसमा नेपाल र यूएई दुवै समान २/२ पटक विजयी बनेका छन् । ‘लिग टु’ मा नेपालसहित कुल ७ टिम सहभागि छन् । नेपालले ९ खेलमा १० अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ भने यूएई १५ खेलमा ८ जितसहित १८ अंकका साथ दोस्रो स्थानमा छ ।