१२ आश्विन २०८१, शनिबार
,
Latest
पृथ्वी र त्रिभुवन राजमार्गका कयौं ठाउँमा पहिरो, यातायात अवरुद्ध कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक ‘एक्याप’को ‘अनलाइन’ तस्बिर प्रतियोगितामा श्रेष्ठ प्रथम खोलाले बगाएर झापामा तीन जना बेपत्ता पहिराले पृथ्वीराजमार्ग अवरुद्ध ताप्लेजुङको विकास र समृद्धिका लागि पाथीभरा केबलकार आवश्यक छ: अध्यक्ष ढकाल नागढुङ्गाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध निरन्तर वर्षा : केही नदीमा जलसतह खतरास्तर नजिक ललितपुरको किस्ट अस्पतालमा पानी पसेपछि बिरामीलाई सुरक्षित स्थानमा सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालय सञ्चालकद्वारा शिक्षा विधेयकविरूद्ध विरोध प्रदर्शन



अ+ अ-

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरुले शिक्षा विधेयकविरूद्ध विरोध प्रदर्शन गरेका छन्। शिक्षा विधेयकमा कम्पनीअन्तर्गत रहेका विद्यालयहरू ५ वर्षभित्र गुठीअन्तर्गत सञ्चालन गर्नुपर्ने र त्यस्ता विद्यालय गैरनाफामूलक हुने उल्लेख भएपछि उनीहरुले यसको विरोध गरेका हुन्।

सरकारले २०५८ सालमा शैक्षिक प्रतिष्ठानबाट चलिरहेका विद्यालयलाई कम्पनी, गुठी वा सहकारीमध्ये एक प्रावधानमा रहने गरी रोज्न भनेको थियो। त्यसबेला निजी विद्यालय कम्पनीमा दर्ता भएका थिए। कम्पनीमा दर्ता भएका ती विद्यालय शिक्षा विधेयकअनुसार अब गुठीअन्तर्गत चलाउने प्रस्ताव भएपछि निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन्।

उनीहरुले निजी विद्यालयको अस्तित्व नै नामेट हुने गरी सरकारले विधेयक ल्याएको आरोप लगाएका छन्।

प्याब्सन, नेसनल प्याब्सन र हिसानले माइतीघर मण्डलमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। उनीहरुले ‘विधेयक कसले र कसका लागि बनायौ रु’, ‘उच्च शिक्षा त ध्वस्त भयो अब के विद्यालय शिक्षा पनि सक्ने हो ? जवाफ देऊ सरकार ! ’, ‘नियोजनामुखी विधेयक तत्काल खारेज गर’, ‘रेमिट्यान्सले राज्य चलाउनु पर्ने तर सीप र प्रविधि सिकाउन निजी क्षेत्रलाई बन्देज गर्ने’ लगायत माग राखेर प्रदर्शन गरेका हुन्।