२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी विद्यालय सञ्चालकद्वारा शिक्षा विधेयकविरूद्ध विरोध प्रदर्शन



Photo: File
अ+ अ-

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरुले शिक्षा विधेयकविरूद्ध विरोध प्रदर्शन गरेका छन्। शिक्षा विधेयकमा कम्पनीअन्तर्गत रहेका विद्यालयहरू ५ वर्षभित्र गुठीअन्तर्गत सञ्चालन गर्नुपर्ने र त्यस्ता विद्यालय गैरनाफामूलक हुने उल्लेख भएपछि उनीहरुले यसको विरोध गरेका हुन्।

सरकारले २०५८ सालमा शैक्षिक प्रतिष्ठानबाट चलिरहेका विद्यालयलाई कम्पनी, गुठी वा सहकारीमध्ये एक प्रावधानमा रहने गरी रोज्न भनेको थियो। त्यसबेला निजी विद्यालय कम्पनीमा दर्ता भएका थिए। कम्पनीमा दर्ता भएका ती विद्यालय शिक्षा विधेयकअनुसार अब गुठीअन्तर्गत चलाउने प्रस्ताव भएपछि निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन्।

उनीहरुले निजी विद्यालयको अस्तित्व नै नामेट हुने गरी सरकारले विधेयक ल्याएको आरोप लगाएका छन्।

प्याब्सन, नेसनल प्याब्सन र हिसानले माइतीघर मण्डलमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। उनीहरुले ‘विधेयक कसले र कसका लागि बनायौ रु’, ‘उच्च शिक्षा त ध्वस्त भयो अब के विद्यालय शिक्षा पनि सक्ने हो ? जवाफ देऊ सरकार ! ’, ‘नियोजनामुखी विधेयक तत्काल खारेज गर’, ‘रेमिट्यान्सले राज्य चलाउनु पर्ने तर सीप र प्रविधि सिकाउन निजी क्षेत्रलाई बन्देज गर्ने’ लगायत माग राखेर प्रदर्शन गरेका हुन्।