२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सासको फोर्थअर्थ सिटीमा नेपाली पेरेन्स डेको आयोजना



अ+ अ-

टेक्सास । अमेरिकाको टेक्सास राज्यको फोर्थअर्थ सिटीमा नेपाली समाजसेवी दिदीबहिनीले सञ्चालन गरेको दिभास फाउण्डेशनले पेरेन्स डे को कार्यक्रम आयोजना गरेको छ।

दुई महिना अघिदेखि सञ्चालन गरेको समर कक्षामा करिब ४० नेपाली विद्यार्थीले अध्यन गरेका थिए । दुई सय हाराहारी सदस्य रहेको यस संस्थाको उद्देश्य भनेको नेपाली भाषा, नेपाली संस्कृति सिकाउनु, महिला सशक्तीकरण, सीपमूलक तालिमको व्यवस्था, रोजगारीको सिर्जना, दु:ख पाएकालाई सहयोग गर्ने, नेपालबाट अध्ययनका लागि आउने चेलीबेटीलाई सकेसम्म सहयोग गर्ने संस्थाको मुख्य कार्य रहेको संस्थाका सदस्यहरुले बताएका छन।

सो कार्यक्रमको अध्यक्षता लक्ष्मी भण्डारीको सभापतित्व गर्नुभएको थियो भने बिनिमा सुवेदीले क्रार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपाध्यक्ष बिर्ती रिसाल, सचिव मिता कार्की र सहसचिवमा अजिता कँडेल, फाउण्डिङ मेम्बर रिमा पौडेल, भगवती चालिसे, सत्या सापकोटाले कार्यक्रमलाई सशक्त बनाउन उत्तिकै भूमिका निर्वाह गर्नुभएको थियो ।

नेपाली मन्दिरको हलमा गरिएको उक्त कार्यक्रममा समाजका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको थियो। प्रमुख अतिथि समाजसेवी एवं सफल व्यवसायी यमुना भट्टराई, युलेस काउन्सिल सदस्य टिका पौडेल, नेपाल अमेरिका पत्रकार (नेजा) का अध्यक्ष सुरज भण्डारी, मन्दिरका बोर्ड अफ ट्रस्टीका अध्यक्ष रमेश पोखरेल, क्लबका उपाध्यक्ष जनक भण्डारी, टेक्सास चेप्टरका अध्यक्ष, सफल युवा व्यवसायी ओजेस उप्रेती, रञ्जन रानालगायत पत्रकार, बुद्धिजीवीको उपस्तिथि रहेको थियो ।

संस्थाले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा बिनिमा सुवेदीले जानकारी दिनुभएको थियो । कार्यक्रममा यमुना भट्टराई र टीका पौडेलले यस संस्थालाई आफूहरुले सक्दो सहयोग गर्ने वचन दिनुभएको थियो । यस्तै नेजाका अध्यक्ष सुरज भण्डारीले संस्थाले गरेका कामको प्रशंसा गर्दै नेपाली दिदिबहिनीहरुले गरेको कामप्रति आफुले भरपुर सहयोग गर्ने वचन दिनुभएको थियो ।

विभिन्न वेशभूषामा सजिएका स–साना बालबालिकाले नेपाली गीतहरुमा नाचेर दर्शकलाई भरपुर मनोरञ्जन गराउँदै र नेपालका पर्यटकीय स्थल लुम्बिनी, चितवन निकुञ्ज, बौद्ध स्तुपको वर्णन गर्दै अमेरिकाबाट नेपाल जाँदा घुम्नका लागि दर्शकहरुसँग अनुरोध गरेर मन जितेका थिए ।