५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशमा भीषण वर्षापछिको विपद्: उद्धारका लागि सैनिक परिचालन



अ+ अ-

एजेन्सी । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट करिव २४० किलोमिटर दक्षिणपूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरु परिचालन गरिएको हो । चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमवार यता भएको वर्षापछिका विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ । उक्त क्षेत्र अहिले पहाडको भिरालोमा बसोवास गरिरहेका करिव १० लाख रोहिंग्या शरणार्थीहरूको घर हो ।

बंगलादेशका शरणार्थी, राहत र स्वदेश फिर्ता कमिश्नर (आरआरआरसी) मोहम्मद मिजानुर रहमानले भन्नुभयो, ‘सोमवारदेखिको भारी वर्षाका कारण दुईवटा छुट्टाछुट्टै पहिरोमा परी चार रोहिंग्याको मृत्यु भएको छ, र दुई जना घाइते भएका छन् ।’

कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ । बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालयअन्तर्गतको अन्तरसेवा जनसम्पर्कले जनाएको छ । वर्षाका कारण बढी आश्रयस्थलहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बंगलादेशको बन्दरगाह शहर चट्टोग्रामलाई पनि क्षति पुर्‍याएको छ । तराईका क्षेत्रहरू डुबानमा परेका छन् र सडक यातायात अवरुद्ध भएको छ ।

देशको प्रमुख बन्दरगाह शहर चट्टोग्रामका केही भागमा सडक, लेन र बाइलेन घुँडा मुनिसम्म पानी जम्मा भएकाले चट्टोग्रामका तल्लो क्षेत्रका बासिन्दाले दिनदेखि जलमग्नताको सामना गरिरहेका छन्, जसले यात्रुहरूलाई ठूलो सास्ती खेप्नु परेको छ । बंगलादेशको पहाडी क्षेत्रहरूमा प्राय: जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा पहिरो जाने गर्छ । किनभने सो क्षेत्रमा जमिनमा बाली उब्जाउन र नयाँ घरहरू बनाउनको लागि ठूलो मात्रामा वन विनाश भएको छ ।