२६ मंसिर २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’ नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदीलाई पक्राउ आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको कथामा चलचित्र ‘महानगर’



अ+ अ-

काठमाडौँ । नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ ।

चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ । सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको लेखक तथा निर्देशक मोहन राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई देखाउने कोसिस गरेका छौँ । यहाँ बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले चलचित्र तयार गरेँ । खासमा यो ‘ह्युमन कनेक्सन्’ र ‘होप’ बारेको चलचित्र हो ।”

चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा नरेन्द्र मैनालीले छायाङ्कन, परीक्षित झाले सम्पादन, किशोर आर्चायले ध्वनि सम्पादन तथा पुष्पा सङ्गमले सङ्गीत सिर्जना गर्नुभएको छ । रासस