३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस

छोरीको रोजाइ बन्दै मैयादेवी क्याम्पस
अ+ अ-

चितवन । चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् ।

हाल क्याम्पसमा अध्ययनरत विद्यार्थीको सङ्ख्या एक हजार छ सयभन्दा बढी छ । जसमा एक हजार ५४ स्नातक र स्नातकोत्तर तहका छन् । कक्षा ११ मा विद्यार्थी भर्ना भइरहेकाले सङ्ख्या थपिँदै गएको छ । क्याम्पस प्रमुख भोजराज न्यौपानेका अनुसार क्याम्पसमा चितवनसहित नवलपरासी, गोरखा, लमजुङ, तनहुँका विद्यार्थी धेरै पढ्न आउने गरेका छन् ।

यससँगै देशका २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । विगतका वर्षहरुमा क्याम्पसका प्राध्यापक, कर्मचारी ती जिल्लामा प्रचारात्मक अभियानका लागि पुग्ने गरेका थिए । पछिल्ला वर्षहरुमा क्याम्पसको गुणस्तर, क्याम्पसले प्राप्त गरेको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ९क्युएए०, भौतिक पूर्वाधार, पठनपाठनमा प्रयोग हुने प्रविधि, छात्रवृत्तिलगायतका कारण विद्यार्थी खोज्नुपर्ने बाध्यता हटेर गएको उहाँले बताउनुभयो । न्यौपानेले भन्नुभयो, “अहिले हाम्रो क्याम्पसमा छिरेको विद्यार्थी भर्ना गरेर मात्र बाहिरिन्छन् ।” क्याम्पसमा स्नातकोत्तर पढ्ने विद्यार्थीको नतिजा शतप्रतिशत रहेको छ ।

स्नातकको नतिजा उत्कृष्ट रहेको छ । क्याम्पसमा पढाउने प्राध्यापकमा महिलाको सङ्ख्या बढ्दो रहेको छ । क्याम्पसले दुई वर्षअघि शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । यस वर्ष कक्षा ११ मा दुई सय १० विद्यार्थी भर्ना भइसकेका छन् । विद्यार्थी भर्ना हुने क्रम जारी छ । गत वर्ष क्याम्पस स्थापना भएयताकै सबैभन्दा बढी दुई सय ९२ विद्यार्थी भर्ना भएका थिए । क्याम्पसमा ठाउँ अभावका कारण कक्षा ११ मा चाहे जति विद्यार्थी पढाउन सक्ने अवस्था छैन । जसका कारण चाहेर पनि सबै छात्राले कन्या क्याम्पस पढ्न पाउने अवस्था नभएको उहाँ बताउनुहुन्छ ।

‘महिला सशक्तीकरणका लागि उच्च शिक्षा’ नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी स्व मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका–१० मा १२ कट्ठा जमिन खरिद गरी भौतिक संरचना निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे । हाल स्नातक र स्नातकोत्तरमा शिक्षा र व्यवस्थापन सङ्कायको पढाइ हुँदै आएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल विगतका वर्षहरुमा ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झनुहुन्छ । स्व श्रेष्ठको जीवनको अन्तिम क्षणसम्म सेवामा लाग्नुभएका पौडेल क्याम्पसको अध्यक्ष भएसँगै भएका परिवर्तनले पनि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढाउन सकेको हो । उहाँले भन्नुभयो, “आमा मैयादेवीको सपना पूरा गर्न क्याम्पसलाई देशकै उत्कृष्ट वनाउनका लागि हामी लागिरहेका छाँै ।” क्याम्पसमा प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा थप सुधार ल्याउनेजस्ता कार्यसँगै प्राप्त गरेको ‘क्युएए’का कारण आकर्षण बढेको पौडेलको भनाइ छ । समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई यो क्याम्पसमा आकर्षित गरेको उहाँको भनाइ छ ।

गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको पौडेलले बताउनुभयो । अन्यत्रजस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ । जिल्ला र बाहिरका अभिभावकलाई आफ्ना छोरीहरु कन्या क्याम्पसमा पढाउँदा थप सुरक्षित महसुस गर्ने भएकाले अभिभावकको रोजाइ कन्या क्याम्पस पर्ने गरेको छ । राजमार्गको कोलाहालबाट केही पर तर हिँडेर सहजै पुग्ने भएकाले विद्यार्थीका लागि क्याम्पस सहज बनेको छ । रासस