३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पाकिस्तानको संसद विघटन, अन्तरिम प्रधानमन्त्री छान्न ३ दिनको समय

पाकिस्तानको संसद विघटन, अन्तरिम प्रधानमन्त्री छान्न ३ दिनको समय
Pakistan's outgoing Prime Minister Shehbaz Sharif addresses parliament in Islamabad on Aug. 9, before the legislature and his cabinet were dissolved.
अ+ अ-

एजेन्सी । पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले संसद विघटनको घोषणा गरेका छन् ।

राष्ट्रपति अल्वीले निवर्तमान प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै बुधबार मध्यरातबाट लागू हुनेगरी संसद विघटन गरेका हुन् ।

यसैबीच, कार्यवाहक प्रधानमन्त्रीको नाम टुंगो लगाउन प्रधानमन्त्री शहबाज शरिफ र राष्ट्रियसभाका विपक्षी नेतासँग तीन दिनको समय दिइएको छ । ३ दिनभित्र नाममा सहमति हुन नसकेमा अन्तरिम प्रधानमन्त्रीका लागि नाम टुंगो लगाउने जिम्मा सभामुखलाई हुने पाकिस्तानी समाचारदाताले बताएको छ ।

तोकिएको अवधिभित्र निर्णय गर्न नसकेमा उम्मेदवारहरूको नाम पाकिस्तानको निर्वाचन आयोगमा पठाइन्छ । अन्तिम टुंगो भने आयोगले नै गर्नेछ । संसद् विघटनको ९० दिनसम्म अन्तरिम सरकारले चुनावी प्रशासन सम्हाल्नेछन् ।

संसद्मा बोल्दै शरिफले इमरान खान नेतृत्वको सरकारको १६ महिने कार्यकाल लापरबाही र असफलता रहेको बताएका थिए । उनले अघिल्लो सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सम्झौता भङ्ग गरेर देशको प्रतिष्ठामै असर पुर्‍याएको आरोप लगाए । अन्तरिम सरकार गठनका विषयमा भने उनले विपक्षी दलका नेता राजा रियाजसँग छलफल गर्ने जनाएका छन् ।

भ्रष्टाचार अभियोगमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई निर्वाचन आयोगले पाँच वर्षका लागि राजनीतिमा प्रतिबन्ध लगाएको भोलिपल्टै प्रधानमन्त्री शरिफले संसद् विघटनको कदम चालेका थिए ।

गत अप्रिलमा सरकारमाथि अविश्वासको प्रस्ताव पारित भएपछि इमरान खान नेतृत्वको सरकार ढलेको थियो ।