३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो
फाईल फोटो
अ+ अ-

डुम्रे । खेती गर्ने समयमा  रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् ।

कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ । कोटा निर्धाणरमा ढिलाइ हुँदा मल वितरणमा पनि ढिला भएको कम्पनी दमौलीका शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले वितरणका लागि कोटा निर्धारण गर्न ढिला गर्दा समयमा मल वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । हालसम्म जिल्लामा एक सय ९० मेट्रिकटन युरिया मल आएको भए पनि वितरण हुन ढिला भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक सय ९० मेट्रिक टन मल आइसकेको छ, करिब दुई सय टन मल आउने सम्भावना छ, तर कोटा निर्धारण नभएकोले बाँड्न पाइएको छैन ।” माग छ सय टनको भए पनि दुई सय टन मात्रै आउने सम्भावना भएकोले मलको अभाव हुने उहाँको भनाइ छ ।

मागअनुसारको मल आपूर्ति नभएकाले मलको अभाव भएको उहाँले बताउनुभयो । शाखा प्रबन्धक शर्माका अनुसार एक जिल्लाका लागि चाहिने जति मल तीन जिल्लामा बाँड्नुपर्ने हुँदा मलको अभाव रहेको छ ।

आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै मागअनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक सुरुदेखि नै मल अभाव भएको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव खेप्नुपर्ने अवस्था रहेको छ ।

तनहुँ, लमजुङ र गोरखाका लागि मागअनुसारको रासायनिक मल वितरण गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीमा आएको एक तिहाइ मात्रै मल कोटा निर्धारण गरी किसानलाई वितरण गर्दै आएको जनाएको छ । व्यास नगरपालिका–५ पाटन निवासी मनिसरा आलेले मल बिक्री गर्ने सबै पसलमा धाउँदा पनि मल नपाइएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विगतका वर्ष जस्तै यसवर्ष पनि रासायनिक मल अभावले गर्दा उत्पादन घट्ने चिन्ताले सताएको छ ।” त्यस्तै व्यास नगरपालिका–५ चिन्तुटार निवासी शङ्कर गुरुङले धानमा मल राख्ने समयमा मल नपाउँदा उत्पादन घट्ने अवस्था आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मल पाइन्छ कि भनेर धेरै पटक धाइयो, तर पाउनै सकिएन, समयमा मल राख्न नपाएपछि कसरी उत्पादन हुन्छ खै खेती ?” पर्याप्त मात्रामा मल वितरण गर्ने हो भने तीन जिल्लाको लागि तीन हजार मेट्रिक टन युरिया, डिपिए एक हजार मेट्रिक टन र पोटास एक सय ५० मेट्रिक टन आवश्यक पर्नेमा एक तिहाइ मात्रै आउने गरेको शाखा प्रबन्धक शर्माले जानकारी दिनुभयो ।

तनहुँमा ९०, लमजुङमा ४४, गोरखामा ६३ गरी एक सय ९७  बिक्रेतामार्फत समान रूपमा रासायनिक मल वितरण गरिएको उहाँले बताउनुभयो ।

सरकारले परिमाणको आधारमा रकम विनियोजन गर्ने हो भने मलको अभाव नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जति आवश्यक पर्छ सोही परिमाणका आधारमा अनुदान दिइनुपर्छ, रकम विनियोजन गर्दा मूल्य वृद्धि भयो भने परिणाम घटेर मलको अभाव सिर्जना हुन्छ, यसको समाधानमा सरकारले ध्यान दिनु आवश्यक छ ।”

खेतबारीमा प्राङ्गारिक मलभन्दा अधिकांशले रासायनिक मलको प्रयोगलाई बढाउँदै लगेकाले मलको मागसमेत बढ्दै कम्पनीले जनाएको छ । मल आपूर्ति हुनासाथ कोटा छुट्टाउने प्रक्रिया छिटो गरिएमा बारम्बार ताकेता गर्नुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने शाखा प्रबन्धक शर्माले बताउनुभयो ।

कोटा छुट्याउने प्रक्रिया लामो हुँदा ढिला गर्न नहुने उहाँले बताउनुभयो । धान बालीमा कम्पोस्ट मलको प्रयोग हुन छाडिसकेको छ । सबैतिर रासायनिक मलकै प्रयोग भइरहेकाले मलको अभावले उत्पादनमा प्रभाव पार्ने देखिएको छ । “कोटा निर्धारण भएर आएको छ, आजबाट दुई जिल्लाका सम्बन्धित बिक्रेतालाई वितरण गर्नेछौंँ”, उहाँले भन्नुभयो । यस कम्पनीमार्फत तनहुँ र लमजुङका लागि मल आपूर्ति भएको उहाँले बताउनुभयो ।

तनहुँका लागि व्यास नगरपालिका–२ गणेशमान चोकस्थित मेलमिलाप कृषि सहकारी संस्थाकी व्यवस्थापक पूजा भट्टराई न्यौपानेले एक सय बोरा मलको माग भएकोमा १० बोरा मात्रै आएको बताउनुभयो । आवश्यक मल नै नआउँदा किसानलाई वितरणमा समस्या हुने गरेको बताउनुभयो ।

कम्पनीमा एक सय ९० मेट्रिक टन युरिया, ६० मेट्रिकटन पोटास र ६० मेट्रिक टन डिएपी मल भण्डारमा रहेको छ । युरिया बढी माग हुने भएकाले आजैबाट वितरण हुनेगर्छ । कम्पनीमा आवश्यकताको ८० प्रतिशत युरिया आपूर्ति भएको छ, भने १० प्रतिशत साल्ट टे«डर्समार्फत पूर्ति हुने बताइएको छ । पोटास र डिएपी भने मागअनुसार वितरण गर्ने गरिएको कम्पनीले जनाएको छ ।रासस