२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा विषालु च्याउ खाँदा छजना बिरामी



सांकेतिक तस्बिर
अ+ अ-

मनहरी । जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् ।

राक्सिराङ–२ औडारका २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताउनुभयो । विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।

च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरुलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसियु सहितको थप उपचार आवश्यक परेकाले भरतपुर पठाइएको त्यहाँका प्रमुख प्रकाश कार्कीले बताउनुभयो । रासस