२० श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने, महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा शुसासन नभइ कुशासन छ: उपसभामुख राना



अ+ अ-

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताउनुभएको हो ।

उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले अहिले प्रतिनिधि सभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ ।’

‘नियममा कहाँ लेखेको छ, उप चुप भनेर । संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतुवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ । शुसानको कुरा गर्नुहुन्छ, यो सुशासन हो की कुशासन हो ? बुझ्न सकेको छैन, कि मैले नबुझेको हो की, बालक हो की म । कृषिमा युवालाई बजेट जाँदैन, जसले प्रपोजल तयार पारेको छ, त्यसलाई जान्छ, रातारात अर्गनाइजेशन खोलिन्छ । अनि कहाँ सुशासन छ, अनि कसरी युवाहरु पलायन हुँदैनन् ।’

उपसभामुख रानाले देशमा शुसासन नभइ कुशासन रहेको दाबी गर्नुभयो ।




भर्खरै