१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान



अ+ अ-

काठमाडौं । छोटो समयमै राम्रो सफलता, अनुभव र अवसर हासिल गरेका युवा फुटबल प्रशिक्षक बिष्णु गुरुङ पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

एएफसी ए लाईसेन्स प्राप्त प्रशिक्षक गुरुङ मंगलबार अष्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् ।

केही महिना पहिले मनाङ मस्र्याङ्दी क्लबको प्रशिक्षकमा नियुक्त भएका गुरुङले त्यसअघि संकटा क्लबको मुख्य प्रशिक्षक, राष्ट्रिय टोलीको सहायक प्रशिक्षक, एफसी खुमलटारको प्राविधिक निर्देशक जस्ता भूमिकामा रहि काम गरेका थिए ।

घरेलु फुटबलमा खेलाडीका रुपमा पनि राम्रो पहिचान बनाएका गुरुङ सिड्निको क्लव फेवा एफसीमा आवद्ध हुने बताइएको छ । साथै निकट स्रोतका अनुसार उनले त्यहाँ प्रो लाइसेन्स कोर्ष गर्ने पनि बताइएको छ ।