१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली

देउवा, दाहाल र नेपालबीच भेटवार्ता

देउवा, दाहाल र नेपालबीच भेटवार्ता
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष तीन नेताबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेताहरुबीच अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने विषयमा छलफल भएको छ ।

त्यस अवसरमा अध्यक्षद्वय दाहाल र नेपालले यथास्थितिमा एमसीसीलाई अनुमोदन गर्न नसकिने भन्दै केही समय लिएर मात्र यसलाई अगाडि लैजानु पर्ने बताउनुभएको थियो । सकेसम्म स्थानीय तहको निर्वाचनभन्दा अघि एमसीसीलाई बढाउन नहुने उहाँहरुले प्रस्ताव गर्नुभएको थियो । तर प्रधानमन्त्री देउवाले एमसीसी बोर्डलाई आफूले दिएको समयसीमाभित्रै एमसीसीलाई संसद्बाट अनुमोदन गराउनुपर्ने अडान लिनुभएको थियो ।

आगामी फागुन १६ गतेभित्र एमसीसीलाई अनुमोदन गराउने प्रतिबद्धता व्यक्त गरिसकेकाले समयभित्रै अनुमोदन गर्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले एमसीसी बोर्डलाई पत्राचार गर्दै आगामी फागुन १६ गतेभित्र एमसीसी संसद्बाट अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यद्यपि अहिले अध्यक्ष प्रचण्ड सो प्रतिबद्धता पछि हट्नुभएको छ । एमसीसीलाई लिएर सत्ताधारी गठबन्धनभित्रै चर्को मतभेद रहेको छ ।

नेपाली कांग्रेस एमसीसीलाई जुनसुकै हालतमा पनि अनुमोदन गर्ने पक्षमा रहेको छ भने नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने बताउँदै आएका छन् ।