• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

महिला विश्वकप फुटबल : फ्रान्स र कोलम्बिया क्वाटरफाइनलमा प्रवेश



फ्रान्सेली महिला फुटबल टोलीका सदस्यहरू गोलको खुशी साट्दै ।

काठमाडौं: अस्ट्रेलिया र न्यूजील्यान्डको सहआयोजनामा जारी महिला विश्वकप फुटबल अन्तर्गत आज भएका खेलमा फ्रान्स र कोलम्बिया विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फ्रान्सले मोरक्कोलाई ४–० गोल अन्तरले सहजै पराजित गरेको थियो । फ्रान्सका लागि १५औं मिनेटमा काडीडियाटाउ डियानीले पहिलो गोल गरेकी थिइन् । त्यसपछि २० औं मिनेटमा केन्जा डालीले फेरि अर्को गोल गरिन् ।
त्यसपछि दुई गोल युजिन सोमरले २३ र ७० औं मिनेटमा गरेकी थिइन् ।

अर्को खेलमा कोलम्बियाले जमैकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । कोलम्बियाका लागि एक मात्र गोल काटालिना उस्मेले ५१औं मिनेटमा गरेकी थिइन् ।

गोलको खुशी साट्दै कोलम्बियाली टोली ।

आजको खेलसँगै क्वाटरफाइनलका खेलहरुको समीकरण पूरा भएको छ ।

अब आउँदो शुक्रबार र शनिबार क्वाटरफाइनलका खेलहरु हुनेछन् । पहिलो खेल स्पेन र नेदरल्यान्ड्स, दोस्रो खेल जापान र स्वीडेन, तेस्रो खेल अस्ट्रेलिया र फ्रान्स तथा चौथो खेल इङल्यान्ड र कोलम्बिया बीच हुनेछ । एजेन्सी