१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

महिला विश्वकप फुटबल : फ्रान्स र कोलम्बिया क्वाटरफाइनलमा प्रवेश

महिला विश्वकप फुटबल : फ्रान्स र कोलम्बिया क्वाटरफाइनलमा प्रवेश
फ्रान्सेली महिला फुटबल टोलीका सदस्यहरू गोलको खुशी साट्दै ।
अ अ+ अ-

काठमाडौं: अस्ट्रेलिया र न्यूजील्यान्डको सहआयोजनामा जारी महिला विश्वकप फुटबल अन्तर्गत आज भएका खेलमा फ्रान्स र कोलम्बिया विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

फ्रान्सले मोरक्कोलाई ४–० गोल अन्तरले सहजै पराजित गरेको थियो । फ्रान्सका लागि १५औं मिनेटमा काडीडियाटाउ डियानीले पहिलो गोल गरेकी थिइन् । त्यसपछि २० औं मिनेटमा केन्जा डालीले फेरि अर्को गोल गरिन् ।
त्यसपछि दुई गोल युजिन सोमरले २३ र ७० औं मिनेटमा गरेकी थिइन् ।

अर्को खेलमा कोलम्बियाले जमैकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । कोलम्बियाका लागि एक मात्र गोल काटालिना उस्मेले ५१औं मिनेटमा गरेकी थिइन् ।

गोलको खुशी साट्दै कोलम्बियाली टोली ।

आजको खेलसँगै क्वाटरफाइनलका खेलहरुको समीकरण पूरा भएको छ ।

अब आउँदो शुक्रबार र शनिबार क्वाटरफाइनलका खेलहरु हुनेछन् । पहिलो खेल स्पेन र नेदरल्यान्ड्स, दोस्रो खेल जापान र स्वीडेन, तेस्रो खेल अस्ट्रेलिया र फ्रान्स तथा चौथो खेल इङल्यान्ड र कोलम्बिया बीच हुनेछ । एजेन्सी