१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सिआईबी राज्यको निकाय हो, यसलाई विश्वास गर्नुपर्छ: गृहमन्त्री श्रेष्ठ

सिआईबी राज्यको निकाय हो, यसलाई विश्वास गर्नुपर्छ: गृहमन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौं: उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डको छानबिन र अभियोजन गर्ने प्रयोजनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई विश्वास गर्न आग्रह गर्नु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले विगतमा पनि सुनकाण्डसँग जोडिएका विषयमा संसदीय र सरकारी छानबिन समिति गठन भएपनि सकारात्मक नतिजा आउन नसकेको दाबी गर्नुभयो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सुनकाण्डको बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्नु भएको थियो ।

तर गृहमन्त्री श्रेष्ठले सुनकाण्डको अनुसन्धान र अभियोजन गर्न तोकिएको नेपाल प्रहरीको सिआईबीले निर्धारित समयमा गरेन, र त्यसमा दुर्नियत देखिए नयाँ शिराबाट बहस गर्न सरकार तयार रहेको बताउनुभयो ।

तस्करलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको छ भन्दै उहाँले भन्नुभयो, “सुन तस्करीको यस किसिमको नेक्सस तोड्नै पर्छ, यसलाई डिरेल नगरौं प्लिज ।”

गृहमन्त्री श्रेष्ठले सुन तस्करीको विषय सार्वजनिक भएलगत्तै आफू भन्सार जाँच स्थलको निरीक्षणमा गएको र त्यसक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदा तस्करमाथि कारबाही गर्ने कुरामा कुनै पनि “कोट वा टार” को प्रभावमा नपर्ने जवाफ दिएको बताउँदै यस भनाईबाट कसैलाई चोट पुगेको छ भने दु:ख व्यक्त गर्न चाहन्छु भन्नुभयो ।

उहाँले स्वतन्त्र ढंगबाट अनुसन्धान हुन्छ भन्ने आफ्नो भनाईको शार हो भन्दै प्रधानमन्त्रीले पनि आफूलाई निरन्तर प्रोत्साहित गरिरहेको बताउनुभयो ।

उहाँले संसदलाई बादबिबाद र संवादको थलो बनाउन आग्रह गर्नुभयो ।

साथै, उहाँले भन्नुभयो, “भेपका सन्दर्भमा जो जो दोषी छन्, कारबाहीका दायरामा आउँछन् । यसलाई पनि सिआईबीले नै कारबाही गर्छ, मैले गर्ने होइन । तथ्य प्रमणले जे हुन्छ, देखिन्छ त्यही हुन्छ ।”

उहाँले शुसासनका पक्षमा राष्ट्रिय सहमति गरौं, भागबन्डा गर्ने र खानेमा होइन भन्दै कुनै किसिमको तस्करी र भ्रष्टाचारमा संलग्न भेटिए कुनै पनि राजनीतिक पार्टीका नेता, कार्यकर्तालाई पनि दण्डित गर्नेतर्फ राष्ट्रिय सहमति गर्न आग्रह गर्नुभयो ।

गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै नेकपा एमालेका सांसदले संसदमा विरोध गरेपछि सभामुखले संसदको बैठक स्थगित गरी अर्को बैठक बुधबारका लागि सरेको जानकारी दिनु भएको थियो ।